कविता- राजधानीमा राम बहादुर

कविता- राजधानीमा राम बहादुर

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

 -अशोक कुँवर ‘नेत्र’

राम बहादुर एक थान आशा

एक थाना रहर सँगालेर

भर्खरै अवतरित भएको छ

राजधानी

अब उसले यहीं कमाउनु छ

डल्लीका निम्ति एक अँजुली

खुसी अनि पुन्टीका निम्ति गोडा चारेक सुख ।

उसलाई ताजै छ घर छाड्नै लाग्दा

आँगनमा उभिएर डल्लीले

खसम विछोडको पीडा

एक्लनुको वह पोखेर

आँखाबाट झारेकी थिइन् बरर

आँसु

पुन्टीले हात समाएर तोते बोलीमा भनेकी थिइन्

“आप्पा ! ङादा झ्याबा क्वान भगाऊ ।”

राम बहादुर जो आफ्ना लागि कहिल्यै बाँचेन

ऊ छिरेको छ राजधानी

खै राजधानीले दिने छ वा

उल्टै खोस्ने छ उसबाट

र पनि ऊ अवतरित भएको छ राजधानी

एक थान आशा एक थान रहर सँगालेर ।

राम बहादुर जसले

महत्त्वाकाङ्क्षी ठुला सपना

कहिल्यै देखेन

पाल्यो त केबल फुटपाथका खुज्रा

पसलका झैं

अनगिन्ती दु:खका अनुभूतिहरू

पन्छाएर तमाम ऐठनहरू

यतिखेर राम बहादुरलाई

एक अँजुली खुसी चाहिएको छ

डल्लीका निम्ति

गोडा चारेक सुख चाहिएको पुन्टीका निम्ति ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी