एकीकृत वस्ती निर्माणको नेतृत्व लिईदिन प्राधिकरणको आग्रह

एकीकृत वस्ती निर्माणको नेतृत्व लिईदिन प्राधिकरणको आग्रह

  • बिहिबार, साउन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं ,श्रावण १९ ।

भुकम्प प्रभावित क्षेत्रमा नमुना एकीकृत वस्ती निर्माणका लागि नेतृत्व लिन सांसदहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आग्रह गरेको छ ।

सिंहदरवारमा बसेको संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोबिन्दराज पोखरेलले भुकम्प प्रभावित क्षेत्रमा एक एक वटा नमूना वस्ती निर्माणको नेतृत्व लिन आग्रह गर्नुभएको हो ।

भुकम्प प्रभावित क्षेत्रबाट करिब २ सय जना सांसदहरुले प्रतिनिधित्व गर्ने भएकाले वस्ती निर्माण गर्ने प्राधिकरणको योजनामा सहयोग पुग्ने पोखरेलको भनाई थियो ।

छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै सीईओ पोखरेलले आर्थिक स्रोत अभाव नभए समयमै पुनर्निर्माणको कार्य सम्पन्न हुने दावी गर्नुभयो ।

भूकम्पपीडितको अवस्थाप्रति प्राधिकरण संवेदनशील रहेको बताउँदै उहाँले पीडित कोहीपनि सहयोग पाउनबाट बञ्चित नहोस भनेर थुप्रै नीतिगत सुधार गरेको जानकारी दिनुभयो ।

यसअघि सांसदहरुले पुनर्निर्माणका लागि कुनै नीतिगत समस्या भए त्यसलाई फुकाउन सहजीकरणका लागि आफुहरु तयार रहेको बताएका थिए । पुनर्निर्माण कार्यलाई गति दिन उनीहरुको आग्रह थियो ।

एमाले बरिष्ठ नेता झलनाथ खनालले एकीकृत वस्ती निर्माणलाई प्रोत्साहन गर्न प्राधिकरणलाई आग्रह गर्दै स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधिलाई पुनर्निर्माणमा संलग्न गराउन सुझाव दिनुभयो । सांसद मिलनकुमारी राजवंशीले स्थानीय सरकारसँग मिलेर प्राधिकरणले आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद कल्पना शर्मा जोशीले जेष्ठ नागरिक, एकल महिला, विपन्नहरुको नाम छुटेको गुनासो आएकाले स्थानीय सरकार सहकार्य गरेर समस्या समाधान गर्न सुझाउनुभयो । सांसद अमनलाल मोदीले नीतिगत अप्ठ्याराहरु फुकाउन सहयोग गर्ने बताउँदै कमजोर वर्गका व्यवहारिक समस्या हेर्न आग्रह गर्नुभयो ।

समिति सभापति मोहनसिंह राठौरले नीतिगत र अन्य व्यवहारिक समस्या हल गर्न समितिका तर्फबाट पहल गर्ने आश्वासन दिदै प्राधिकरण र समितिको तर्फबाट संयुक्त स्थलगत भ्रमण गरी पीडितहरुको अवस्थाबारे अनुगमन गर्न प्रस्ताव गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी