२१ औं राष्टिय सम्मेलनले समाजवादी शिक्षाका आधार र कार्यान्वयनको कार्यनीति निक्र्योल गर्छ : मदन अर्याल ,बरिष्ठ उपाध्यक्ष अखिल क्रान्तिकारी

२१ औं राष्टिय सम्मेलनले समाजवादी शिक्षाका आधार र कार्यान्वयनको कार्यनीति निक्र्योल गर्छ : मदन अर्याल ,बरिष्ठ उपाध्यक्ष अखिल क्रान्तिकारी

  • बिहिबार, साउन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

मदन अर्याल क्रान्तिकारी विद्यार्थी आन्दोलनमा स्थापीत नाम हो । अखिल (क्रान्तिकारी)का बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालीरहेका उनि संगठनको अन्तराष्टिय विभाग प्रमुख पनि हुन । समाजशास्त्रमा स्नातकोत्तर सकेर हाल नेपाल ल क्याम्पसमा अध्ययनरत अर्याल २०५५ सालदेखी विद्यार्थी आन्दोलनमा क्रियाशिल छन् । २०५६ सालमा कक्षा ८ पढ्दैगर्दा तात्कालिन अखिल (क्रान्तिकारी) को महोत्तरी जिल्ला सहसचिब भएका उनि संगठनमा बैचारीक र तार्किक नेताको रुपमा चिनिन्छन् । राज्य संयोजक इञ्चार्ज सचिब हुदै दोश्रो कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका उनि २१ औं राष्टिय सम्मेलनमा अध्यक्षका एक जना प्रमुख दाबेदार हुन । प्रस्तुत छ उनैसँग गरिएको कुराकानीको संपादित अंश ।
अखिल (क्रान्तिकारी)को २१ औं राष्टिय सम्मेलन हुदैछ त्यसको तयारी कहाँसम्म पुग्यो ?
भदौ ७ देखी ११ सम्म हामी काठमाडौंमा एकताको २१ औं राष्टिय सम्मेलन गर्दैछौं । क्रान्तिकारी बिद्यार्थी आन्दोलनको नीतिगत सवाल र संगठनात्मक सवालमा यो सम्मेलनले ऐतिहासिक अर्थ राख्दछ । हामीले सम्मेलन गर्न धेरै अगाडीदेखी तयारी थालेका थियौं । एकता भेला देखी आजसम्म सबै जिल्लाका सम्मेलन या भेलाहरु सम्पन्न भैसकेको छ । राष्टिय सम्मेलनको कोणबाट अब कार्यबिधि अनुसार जिल्ला , क्याम्पस र प्रदेशहरुबाट प्रतिनिधि र पर्यबेक्षक चयन गर्ने, सम्मेलनको एजेण्डामाथि सार्थक बहसहरु गर्ने तथा प्रचारात्मक र व्यबस्थापनको काम मात्र बाँकी छ । त्यो पनि साउन मसान्त सम्ममा सम्पुर्ण कामहरु सम्पन्न गर्नेछौं ।
२१ औं राष्टिय सम्मेलनमा तपाँइले उठाउने एजेण्डाहरु के के हुन ?
राष्टिय सम्मेलन भनेको नीति बिधि र नेतृत्व चयन गर्ने थलो हो । हामी यो सम्मेलनमा संगठनले स्थापनाकालदेखी अंगालेका नीतिहरुको समिक्षा सहित आजको सन्दर्भमा वास्तविक विद्यार्थीको हित गर्ने बैज्ञानिक शैक्षिक नीति तय गर्दैछौं । हिजो सयौं विद्यार्थी योद्धाहरुको रगतसंग साटेको शैक्षिक एजेण्ठाहरु कहाँ छन् ? धेरै अगाडीदेखी हामीले उठाइरहेको जनवादी शिक्षाका कति कार्यभारहरु पुरा भयो ? अब के के पुरा हुन बाँकी छन् ? भन्ने कुरालाई मसिनो गरी केलाएर अबको समाजवादी शिक्षाका आधारहरु के के हुन ? त्यसको कार्यान्वयन गर्न अपनाउनु पर्ने कार्यनीति के हो ? भन्ने कुराको निक्र्यौल गर्नेछौं ।
बिद्यालय शिक्षाको बारे हाम्रो प्रष्ट खाका, उच्च शिक्षाका सवालमा आम गरीखाने जनताको पक्षमा हामीले राख्नुपर्ने अडानहरु अनि प्रविधिक शिक्षा अझ त्यसमा पनि कृषि, वन र पर्यटन शिक्षाका बारेमा हामीले चाल्नुपर्ने कदमहरु र चिकित्सा तथा इञ्जिनियरिंग शिक्षामा मौलाएको बिकृतिका बिरुद्ध उठाउनुपर्ने संघर्षहरु नै मैले मात्र हैन सिंगो संगठनले नै उठाउनुपर्ने शैक्षिक एजेण्डाहरु हुन ।
हाम्रो संघर्षको फलस्वरुप प्राप्त भएका कतिपय उपलब्धीहरु, जस्तो शैक्षिक लोनको सवाल, बिभिन्न शैक्षिक तहमा बृद्धि गरीएको छात्रावृति आदी पनि  हामीले कार्यान्वयन गराउन सकेका छैनौं, त्यसका लागी यो सम्मेलनले ठोस कार्यक्रम पनि बनाउने छ ।
सम्मेलनमा शैक्षिक मात्र होइन हामी हामीलाई उपयुक्त लाग्ने राजनीतिक एजेण्डा पनि उठाउने छौं । जस्तो देशको समृद्धि र बिकासको निम्ति अनिवाय सर्त जस्तै बनेको स्थिर सरकारको पक्ष्मा हामी आवाज बुलन्द गर्नछौ । प्रष्टरुपमा भन्दा स्थिर सरकारका लागि जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपतिको राजनीतिक एजेण्डा पनि हामी प्रमुखताकासाथ उठाउनेछौं ।
सम्मेलनमा तपाँईले अध्यक्षमा उमेद्वारी दिने चर्चा व्यापक छ । संगठनको अध्यक्ष भएर के गर्नु हुन्छ ?
नेतृत्व गर्ने कुरा सम्मेलनले पास गरेको नीतिमा आधारीत रहेर उपयुक्त र बैज्ञानिक संगठनात्मक बिधिको बिकास गरी संगठन परिचालन गर्ने कुरा हो । अखिल (क्रान्तिकारी)मा अहिले जुन कार्यबिधिको चर्चा भैरहेको छ त्यो मेरै नेतृत्वमा रहेको कार्यदलको प्रतिबेदनमा आधारीत छ । भलै त्यसमा संख्या घटाउने नाममा समाबेशी र समानुपातिकका केही क्लस्टरहरुलाई हटाउने काम भएको छ, जुन असाध्यै गलत छ । म आशा गर्छु सम्मेलनको हलले त्यसलाई सच्याउने छ ।
अब संगठनको अध्यक्ष भएर गर्ने काम भनेको मुख्यत नीतिगत ब्रेकथ्रु हो, जुन समाजवादी शिक्षालाई केन्द्रमा राखेर अघि भनेजस्तै सम्पुर्ण रणनीति, कार्यनीति र त्यो अनुसारको कार्यक्रमहरु बनाइने छ । दोस्रो संगठनमा आएको बिसंगती, नेतृत्वमा नातावाद कृपावाद अनि डनवाद र धनवाद हावि हुने कुराको अन्त्य गर्न पनि म अध्यक्ष हुनुपर्ने छ । यहा त कस्तो समस्या आयो भने शैक्षिक माफियाको बिरुद्ध जाने भन्ने अनि तिनै शैक्षिक माफियासंगको मिलेमतोमा शैक्षिक आन्दोलनलाई तुहाउने खेल हामी भित्रैवाट हुन थाल्यो । केही मान्छेहरुलाई संगठनको केन्द्रीय समितिको पद त चन्दा उठाउने लाइसेन्स जस्तो भयो । संगठनात्मक क्षेत्रमा रहेका यस्ता बिकृति र बिसंती हटाउन पनि राष्टिय सम्मेलनवाट संगठनको नेतृत्व मैले गर्नुपर्ने अवस्था आएको छ ।
तपाईले लगातार उठाइरहनु भएको संगठनमा उमेरहदको सवाल के लागु हुन्छ त ?
मैले बिगत देखी उठाइरहेको उमेरहदको कुरा हाम्रो संगठनमा मात्र होइन समग्र बिद्याथी आन्दोलन मै जरुरी भैसक्यो । हाम्रै संघर्षको फलस्वरुप स्ववियुमा २८ वर्षे उमेरहद लागु भएको छ । अंकल र आन्टीहरुको संगठन भनेर चिनिने नेबिसंघमा ३२ बर्षे उमेरहद लागिसक्यो । अनि आज हाम्रो उमेर ढल्क्यो भनेर हामीले उमेरहदको बिरोध गर्न मिल्छ ? हेर्नुस हाम्रो आन्दोलनलाई रिफ्रेस र वास्तविक बिद्यार्थीको हातमा र साथमा पुर्याउने हो भने उमेरहद लगाउनुको अर्को विकल्प छैन । बरु उमेरहद कति वर्षमा लगाउने भन्ने बारे व्यापक छलफल गरौं ।
हिजोको तुलनामा आज विद्यार्थी आन्दोलन कमजोर हुनुको कारण के होला ?
आज बाहिरवाट सरसर्ति हेर्दा बिद्यार्थी आन्दोलन कमजोर नै देखिन्छ । तर वास्तवमा विद्यार्थी आन्दोलन कमजोर भएको छैन । हिजो पञ्चायतकालदेखी नै बिद्यार्थी आन्दोलनले राजनीतिक आन्दोलनलाई पनि सम्पुर्ण रुपमा बोकेको थियो तर आज धेरै जसो राजनीतिक एजेण्डा राजनीतिक पार्टी स्वयमले नै उठाउने भएपछि अलि कमजोर जस्तो देखिनु स्वभाविक हो । तर हामीले हिजो जे गर्नुलाइ आन्दोलन भन्थ्यौं आज आन्दोलनको त्यो स्वरुप फेरीएको छ त्यही भएर पनि बाहिर आन्दोलन कमजोर जस्तो देखिएको हो । अहिले पनि हामीले बिद्यार्थी आन्दोलन मार्फत ठुला ठुला उपलब्धीहरु हासील गर्ने संघर्षको उठान गरीनै रहेका छौं ।
करिब एक हजारको केन्द्रीय समितिलाई १९९मा ल्याउन कसरी व्यबस्थापन गर्नुहुन्छ ?
यो कसरी ठुलो भयो भन्ने कुरा तपाइहरु सबै जानकार नै हुनुहुन्छ । हिजो पार्टी फुट्दा हामीवाट अलग हुनुभएका धेरै साथीहरु अहिले हामीमा समाहित हुनुभएको छ । ति सबै साथिहरुलाई समेट्दा अहिलेको आयोजक समिति ठुलो भएको हो । हामी हाम्रो देशका सबै समाबेशी समानुपातिक कलस्टरहरुलाई संगठनात्मक विधिमा समाबेश गरेर नै अगाडी बढेका छौं । हामीले संगठन १९९ बनाएपनि ९९ नै बनाए पनि पहिचान र समाबेशी समानुपातिकका सबै क्लस्टरका बिद्यार्थीहरु समेट्ने छौं । १९९मा नअटाउने साथीहरुलाई पार्टीले बिभिन्न जिम्मेवारीमा सेट गर्नेछ भन्ने बिश्वास छ ।
सम्मेलनमा नेतृत्वको लागी चुनाब नै हुन्छ की अन्त्यमा सहमति हुन्छ ?
हामीले यो पटक हाम्रो इतिहासमा नै नेतृत्व चयनको फरक विधि अपनाउन लागेका छौं । अहिलेसम्म सधै मनोनयनको विधि (नेतृत्वको आर्शिवादको विधि भन्नुस न)वाट नेतृत्व चयन भैरहेकोमा हामी यो पटक स्वस्थ प्रतिष्पर्धाको रुपमा संगठनका प्रतिनिधिले आफ्नो नेता आफै छान्ने आन्तरीक निर्वाचनको बिधिलाई अंगाल्दै छौं । प्यानलगत हैन व्यक्तिगत उमेदवारी सहितको प्रत्यक्ष निर्वाचन प्रणालीवाट समाजवादी शैलीको परिपाटी विकास गर्न म सबैलाई आग्रह पनि गर्छु । म आशा गर्छु यो आन्तरीक निर्वाचन पुँजिवादी बिकृती र बिसंगतीवाट मुक्त हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी