एजेन्सी साउन १९ । बढ्दो जनसंख्या र प्रदुषण एवं प्राकृतिक विनाशका कारण यस सताव्दीको अन्त्य सम्ममा लाखौं मानिस गर्मीका कारण मर्ने खतरा बढेको एक अध्ययनले देखाएको छ ।
सन् २१०० सम्ममा हरीत उत्सर्जनमा कमी नआए भारत, पाकिस्तान र बंगलादेशको ठूलो क्षेत्रमा जीवनको लागि खतरा पैदा हुन सक्ने देखिएको हो ।
प्रदुषणयुक्त हावाले दक्षिण एशियाको ३० प्रतिशत सम्म असर गर्न सक्ने शोधकर्ताहरुले चेतावनी दिएका छन् । दक्षिण एशियामा विश्वको २० प्रतिशत जनसंख्या रहन्छ ।
विश्वमा आधिकारीक मौसम केन्द्रले दुई तरीकाको थर्ममिटर प्रयोग गर्दछ । पहिलो ड्राई बल्ब हो जसले हावाको तापक्रम नाप्छ भने दोस्रो वेट बल्ब हो जसले सफा हावाको तापमान नापिन्छ र मानिसको लागि यसको नतिजाको असर हुन्छ ।
हाम्रो शरीरमा सामान्यतया ३७ डिग्रि तापक्रम हुन्छ । छालाको औसतमा ३५ डिग्रि तापक्रम हुन्छ ।
यदी हाम्रो वातावरणमा बेल्ट थर्मोमिटरको ३५ डिग्रि सेन्टीग्रेड तापक्रम पुग्यो भने मानिसको शरीरमा गर्मी घटाउने क्षमता ह्रास हुन्छ र सबै भन्दा स्वश्थ्य व्यक्ति पनि ६ घण्टा भित्र मर्दछ ।
वेट बल्बको रेकर्ड ३१ डिग्रि भन्दा माथि हालसम्म पुगेको छैन भनिएको छ तर ईरानमा सन् २०१५ मा वैज्ञानिकहरुले वेट बल्बको तापक्रम ३५ नजिक पुगेको देखेको बताएका थिए ।
यसै वर्ष भारत र पाकिस्तानमा गर्मीको हिड वेभका कारण ३५ सय मानिसको ज्यान गएको थियो । शोधकर्ताहरुले भारतको गंगा नदीको घाटी,उत्तरपूर्व भारत, बंगलादेश,चीनको पुर्व तट, पाकिस्तानको सिन्धु घाटी , उत्तरी श्रीलका समेत दक्षिण एशियाको ठूलो भुभागमा वेट बल्ब तापक्रम ३५ डिग्रि पुग्न सक्ने चेतावनी दिएका छन् ।
यो रिपोर्ट जर्नल साईन्स एडभान्टेजमा प्रकाशित छ ।