रसुवागढीबाट चिनियाँ सामग्री भित्रन शुरु

रसुवागढीबाट चिनियाँ सामग्री भित्रन शुरु

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

रसुवा, १८ साउन । शुल्क पुनरावलोकन गरेका कारण आयात ठप्प भएको चिनियाँ सामग्री मंगलबारदेखि नेपाल भित्रन थालेको छ ।

सामान आयातनिर्यात गर्ने रसुवा जिवजिवेका व्यवसायी धर्म पौडेलका अनुसार चिनियाँ भन्सार प्रतिनिधिले प्रतिटिप एक हजार ५०० यूवान लिँदै आएकोमा लोड व्यवस्थापन गर्न एक्कासि भारी मात्रामा पुनरावलोकन गरी बढाएपछि दुई हप्ता अगाडिदेखि नेपाली व्यापारीले सामान उठाउन बन्द गरेको र वार्ताको माध्यमबाट प्रतिटिप दुई हजार ५०० चिनियाँ यूवानमा काम गर्न सहमत भएपछि केरुङको पाङसिङबाट सामान लोड गरी नेपालतर्फ ल्याउने क्रम शुरु भएको हो ।

चिनियाँ नीतिअनुसार भन्सार प्रतिनिधिमार्फत नै सामान लोड गराउनु पर्ने र सो अनुसार प्रतिट्रिप नेपाली रुपैयाँ चौबिस हजारबाट बढेर ४० हजार शुल्क पुगेको बताइएको छ ।

सहमति भएपश्चात् अहिले केरुङको पाङसिङमा ३५० ट्रक कन्टेनरमा सामान लोड भइसकेको र ती सबै कन्टेनर क्रमशः रसुवागढी नाकाबाट नेपाल भित्रन थालेका छन् ।

रेडिमेड, लत्ताकपडा, चुत्ताचप्पल समेतका विविध सामग्री लोड भएको ६१ वटा ट्रक कन्टेनगर मंगलबार अपराह्नसम्म रसुवागढी भन्सारको टिमुरे हाताभित्र प्रवेश गरेका र आयात भएको सामग्री छिटोभन्दा छिटो काठमाडाँैको बजारमा पठाउन सामानको परीक्षण र भन्सार असुली कार्य धमाधम अगाडि बढेको प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताउनुभयो ।

चिनियाँ भन्सार प्रतिनिधिको शुल्क निर्धारणसम्बन्धी छलफलमा नेपाल र चीनका भन्सार प्रमुख, व्यापारी, व्यवसायी समेतको सहभागिता रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी