लिपुलेकमा नेपाली भूमि कब्जा गरेर २ किलोमिटर पदमार्ग बनायो भारतले

लिपुलेकमा नेपाली भूमि कब्जा गरेर २ किलोमिटर पदमार्ग बनायो भारतले

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ ,१८ साउन ।

नेपालले दावी गर्दै आएको भुमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले पदमार्ग बनाएको छ । भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।

लिपुलेक क्षेत्रमा दुई किलोमिटरसम्म पदमार्ग बनाएपछि कैलास पर्वतको दर्शन गर्न सजिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दुई वर्ष लगाएर निर्माण गरिएको उक्त पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको २८ जुलाइमा प्रकाशित उत्तराखण्डको प्रमुख पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ । पत्रिकाका अनुसार उक्त पदमार्गबाट सजिलै कैशाल पर्वतको दृष्यावलोकन गर्न सकिन्छ ।

नेपालले आफ्नो भूमिका रुपमा दावी गर्दै आएको उक्त क्षेत्रबाट आफूहरुले तिब्बतसँग व्यापार गरेको महाकाली नगरपालिका वडा नम्बर १ का ८८ वर्षिय धनसिह धामीले बताए । भेडाच्याङ्ग्रा र घोडाखच्चरमा समान लिएर तिब्बतसँग व्यापार गर्ने उक्त बाटोमै भारतीय पक्षले पदमार्ग बनाएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताए ।

सितापुलबाट उत्तरतिर नेपालीहरुलाई भरियाबाहेक अन्यरुपमा प्रवेश गर्न भारतीय पक्षले रोक लगाएको छ । अहिले सितापुल तरेर नेपालको छाङ्रुतिंकर हुँदै ताक्लाकोटसम्म भारतीयहरु निर्वाध आवतजावत गर्ने गरेको महासंघ दार्चुलाका अध्यक्ष धामीले बताए । उनले भने, ‘भातरको यस्तो कार्यले उसले लिपुलेक सुरक्षाका दृष्टिकोणले मात्रै कब्जा नगरी पर्यटकीय सम्भावनालाई बिस्तार गर्न पनि भारतले लिपुलेक क्षेत्र कब्जा गरेको प्रष्ट भयो’ ।

-नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ