घनले हान्दा पनि सिसा नफुटेपछि गहना पसल लुट्ने प्रयास असफल

घनले हान्दा पनि सिसा नफुटेपछि गहना पसल लुट्ने प्रयास असफल

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

मलेसिया, साउन ११ ।

 

गहना लुट्न गएका चार जना लुटेरा घनले हान्दा पनि सिसा नफुटेपछि अन्तत निरास भएर फर्किएका छन् ।

मलेसियाको एक गहना पसल लुट्ने उद्देश्यसहित राति पसलभित्र प्रवेश गरेका चार लुटेरा अन्ततः विफल भएर फर्किएका हुन्।

सीसीटिभी फुटेजमा लुटेराहरुले गहना पसलको सोकेसमा ठूलो घनले प्रहार गरेको देखिन्छ । दुई लुटेराले कयौं पटक घन प्रहार गरे पनि सिसा नफुटेपछि निराश भई उनीहरु त्यहाँबाट फर्किएका छन् । पसलमा लुटपाट गर्नका लागि चार लुटेरा प्रवेश गरेको दृष्य पनि क्यामेरामा कैद भएको छ ।

कालो पोशाकमा हेलमेट लगाएर गएका उनीहरुले गहना लुटपाटका लागि अथक प्रयास गर्दा पनि सफल हुन नसकेको सो दृष्यलाई सामाजिक संजालमा सेयर गरिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार शाह अलाम सहरको केदाई इमास सरी अलाम ज्वेलरी पसलमा सो घटना भएको हो ।उक्त पसलको फेसबुक पेजमा लुटपाटको प्रयास असफल भएको र गहनाहरु सुरक्षित रहेको जनाइएको छ ।

यद्यपि सोकेसका सीसामा सामान्य क्षति भएको जनाइएको छ । सोकेस मर्मतका लागि भन्दै दुई साता उक्त पसल बन्द गर्ने सूचना पनि जारी गरिएको छ ।

 

पोलिकार्बोनेट लेमिनेटेड उक्त सीसा प्लास्टिक तथा अन्य सीसाको तुलनामा निकै शक्तिशाली हुने भएकाले नै लुटेराहरुको प्रयास असफल भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी