नमुना विद्यालयमा छैन भवन

नमुना विद्यालयमा छैन भवन

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

मुसिकोट, ११ साउन । 

मुसिकोट नगरपालिका–२ सिस्नेखोलास्थित नमुना विद्यालय महाकाली माविमा पर्याप्त कक्षाकोठा नहुँदा विद्यार्थी खुला स्थानमै बसेर पढ्छन् । विद्यालयका दुईवटा भवन जीर्ण छन् । ती भवनमा बस्न नमिल्ने व्यवस्थापन समिति सदस्य रमेश खड्काले जानकारी दिए । अरू दुई भवन निर्माणाधीन छन्।

जिल्ला शिक्षा कार्यालयको १६ लाख लागतमा असार मसान्तसम्म निर्माण सक्ने गरी ठेक्का दिइएको थियो । तर, दुईकोठे पक्की भवनको निर्माण आधा मात्र सकिएको छ । त्यस्तै शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा क्रमागत बजेटअन्तर्गत अर्को दुईकोठे भवन पनि बनिरहेको छ ।

विद्यालयमा हाल चारवटा भवन छन् । जसमध्ये सात कोठा भएका दुईवटा भवन बस्नै नमिल्ने गरी जीर्ण छन् । तर, जिल्ला शिक्षा कार्यालयका प्राविधिकले बस्न नमिल्ने भनेका सातमध्ये तीन कोठामा जोखिम मोलेरै विद्यार्थी राखिएको छ ।

विद्यालयलाई १४ ओटा कक्षाकोठाको आवश्यकता भए पनि हाल पाँचवटा मात्र राम्रा कोठा भएको प्रधानाध्यापक लोकबहादुर खड्काले बताए । तीनवटा कक्षाका विद्यार्थीलाई चौरमा रहेको समिको रूखमुनि राखेर पढाउने गरेको खड्काले बताए । तर, पानी परेको वेला भने पढाइ नै प्रभावित हुने उनको भनाइ छ । विद्यालयमा हाल तीन सय २८ विद्यार्थी छन् ।-नयाँपत्रिका दैनिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी