काठमाण्डौ । बीपी कोइराला-पुष्पलाल श्रेष्ठको स्मृति दिवशका सन्दर्भमा शनिबार आकृती-प्रकृती प्रकाशन र नागरिकमेल डटकमले संयुक्त रूपमा काव्य-प्रवाह कार्यक्रम गर्यो ।
नेपालको लोकतान्त्रिक परिवर्तनमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठले पुर्याएको योगदानको सम्मान गर्दै काव्य-प्रवाहको आयोजना गरिएको आकृती-प्रकृती प्रकाशनका अध्यक्ष समेत रहेका कवि बैरागी जेठाले बताए ।
बीपी कोइराला राजनीतिज्ञ मात्र नभएर सशक्त साहित्यकार पनि थिए । पुष्पलालले साहित्यमा कलम नचलाए पनि साहित्यले ठीकलाई ठीक र गलतलाई गलत भन्दै औंला उठाउनुपर्ने बताएका छन् । क्रमश साउन ६ र ७ गते रहेको बीपी र पुष्पलालको स्मृती दिवशका सन्दर्भमा शनिबार बिश्वभाषा क्याम्पस, प्रदर्शनी मार्ग, काठमाण्डौमा आयोजित काव्य-प्रवाहमा विशेष अतिथिको रूपमा सहभागी स्रस्टाहरू मात्रिका पोखरेल, राम विनय, महेश प्रसाईं, धिरेन्द्र प्रेमर्षि, नरेशमान शाक्य, सुनिल पुरी, भावना न्यौपाने, शोभा दुलालले आफ्ना विशेष सृजना पस्किए ।
काव्य-प्रवाहमा प्रकाश सिलवाल,भातृ भण्डारी, अर्पणा केसी, आनन्दराम पौडेल, पुण्य गौतम ‘बिश्वास’, ख्यालमान राई, आस्था घिमिरे, रिमा केसी, भुवन शिवाकोटी, निर्मल पराजुली, अनुप न्यौपाने, प्रकाश बस्नेत ‘गफाडी’, शान्ति शर्मा, प्रदीपरत्न शाक्य, गोविन्द नेपाल, तुलसा कार्की, गोविन्द लामिछाने, जुनु घिमिरे, हिमालचन्द्र बराल, रामकुमार पण्डित, तारा केसी, शोभि अजर, राधा कार्की, रुद्र अधिकारी, उत्तम भेट्वाल, उत्तम विचार ‘सर्जक’, नारायण निरासी, पुष्पा धमला, विश्व भण्डारी, बैरागी जेठा, अदिती अर्याल, कौशिला रिसाल, भागिरथी ज्ञवाली, विमला दाहाल, सुनिल यादव, राजबाबु श्रेष्ठ, गंगा आचार्य, बेनीबहादुर थापा, सुन्दर खड्का, अञ्चल वान्तवा, बिनोद केसी, मिशन अधिकारी लगायत ५० भन्दा बढी सर्जकले कविता, गीत, गजल, मुक्तक, हाइकूको प्रवाह गराए ।
आकृती-प्रकृतीको सभापतित्वमा भएको सो कार्यक्रममा सृजना पस्किन, श्रवणार्थ उल्लेख्यरूपमा स्रश्टाहरूको थप सहभागीता थियो । कार्यक्रम मिशन अधिकारीले सञ्चालन गरेका थिए ।

