डिडिसिमा कर्मचारीद्धारा महाप्रवन्धकलाई कार्यलय प्रवेष निषेध

डिडिसिमा कर्मचारीद्धारा महाप्रवन्धकलाई कार्यलय प्रवेष निषेध

  • आइतवार, साउन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

 काठमाण्डौं साउन ८ । नेपालको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा कर्मचारी विज्ञापन गरी भर्ना गर्दा बाहिरबाट मान्छे ल्याएको तर बर्षोदेखि काम गर्दै आएकालाई स्थायी नगरिएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

तल्लो श्रेणीमा २० जना स्थायी गरिएको तर भित्रका जम्मा ५ जना मात्र पारीएको भन्दै सबै दल सम्बद्ध ट्रेड युनियनहरुले साुमहिक रुपमा आन्दोलन शुरु गरेका हुन् ।
उनीहरुले आजबाट महाप्रवन्धक गंगा तिम्सिना सहित उपमहाप्रवन्धक र प्रशासन प्रमुखलाई कार्यलय प्रवेष निषेध गरेका छन् ।
उपमहाप्रवन्धक र प्रशासन प्रमुखलाई आज मात्रै र महाप्रवन्धकलाई अनिश्चितकालीन निषेध माओवादी निकट ट्रेड युनियन राष्ट्रिय कर्मचारी संगठन नेपालका बरिष्ठ उपाध्यक्ष योगेन्द्र शाहले जानकारी दिनु भयो ।
अहिलेको महाप्रवन्धक नहटे सम्म आन्दोलन जारी रहने शाहले चेतावनी दिनु भयो । उहाले महाप्रवन्धक तिम्सिनाले आफ्नै भतिजो एक वर्ष देखि मात्रै भरपाईमा काम गरीरहेका अस्मीत तिमल्सिनालाई समेत स्थायी गरेर पुनारा १५ वर्षदेखि काम गरीरहेका कर्मचारीमाथि अन्याय गरेको दावी गर्नु भयो ।
आर्थिक चलखेलमा बाहिरका मान्छे ल्याएको कर्मचारीको आरोप छ ।
बाहिरबाट १४ जना र भित्र बाट ६ जना मात्रै श्रेणीबिहीन कामदार स्थायी गरिएकोप्रति उनीहरुको आक्रोस छ । अहिले संस्थानका अध्यक्ष रघु गौतमको कार्यकक्षमा कर्मचारी प्रतिनिधिहरुले बार्ता गरीरहेका छन् ।
सरकारी स्वामित्वको संस्थानहरु कर्मचारी नियुक्ति र बढुवाको विवादमा पर्दा जहिले पनि नोक्सानी व्यहोर्दै आउन बाध्य भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी