काठमाण्डौं साउन ८ । नेपालको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा कर्मचारी विज्ञापन गरी भर्ना गर्दा बाहिरबाट मान्छे ल्याएको तर बर्षोदेखि काम गर्दै आएकालाई स्थायी नगरिएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
तल्लो श्रेणीमा २० जना स्थायी गरिएको तर भित्रका जम्मा ५ जना मात्र पारीएको भन्दै सबै दल सम्बद्ध ट्रेड युनियनहरुले साुमहिक रुपमा आन्दोलन शुरु गरेका हुन् ।
उनीहरुले आजबाट महाप्रवन्धक गंगा तिम्सिना सहित उपमहाप्रवन्धक र प्रशासन प्रमुखलाई कार्यलय प्रवेष निषेध गरेका छन् ।
उपमहाप्रवन्धक र प्रशासन प्रमुखलाई आज मात्रै र महाप्रवन्धकलाई अनिश्चितकालीन निषेध माओवादी निकट ट्रेड युनियन राष्ट्रिय कर्मचारी संगठन नेपालका बरिष्ठ उपाध्यक्ष योगेन्द्र शाहले जानकारी दिनु भयो ।
अहिलेको महाप्रवन्धक नहटे सम्म आन्दोलन जारी रहने शाहले चेतावनी दिनु भयो । उहाले महाप्रवन्धक तिम्सिनाले आफ्नै भतिजो एक वर्ष देखि मात्रै भरपाईमा काम गरीरहेका अस्मीत तिमल्सिनालाई समेत स्थायी गरेर पुनारा १५ वर्षदेखि काम गरीरहेका कर्मचारीमाथि अन्याय गरेको दावी गर्नु भयो ।
आर्थिक चलखेलमा बाहिरका मान्छे ल्याएको कर्मचारीको आरोप छ ।
बाहिरबाट १४ जना र भित्र बाट ६ जना मात्रै श्रेणीबिहीन कामदार स्थायी गरिएकोप्रति उनीहरुको आक्रोस छ ।
अहिले संस्थानका अध्यक्ष रघु गौतमको कार्यकक्षमा कर्मचारी प्रतिनिधिहरुले बार्ता गरीरहेका छन् ।
सरकारी स्वामित्वको संस्थानहरु कर्मचारी नियुक्ति र बढुवाको विवादमा पर्दा जहिले पनि नोक्सानी व्यहोर्दै आउन बाध्य भएको छ ।