शैक्षिक मेलाको दोस्रो दिन तेत्तिस हजार सहभागी

शैक्षिक मेलाको दोस्रो दिन तेत्तिस हजार सहभागी

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, ६ साउन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को ११आँै शैक्षिक मेलाको दोस्रो दिन आज ३३ हजार ५०० ले अवलोकन गरेका छन् ।

भृकुटीमण्डपमा जारी चारदिने मेलाको पहिलो दिन भने करिब २५ हजार विद्यार्थी र अभिभावकको सहभागिता थियो । पहिलो र दोस्रो दिन आउने विद्यार्थीमध्ये केही दुवै दिन आएको पनि पाइएको छ ।

मेलामा विद्यार्थीले विभिन्न देशका प्रवेशाज्ञा नीति, शिक्षा पद्धति र शैक्षिक वातावरणबारे आधिकारिक जानकारी पाउन सक्ने इक्यानका प्रचार संयोजक उमेश ढुंगेलले जानकारी दिनुभयो । विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिको प्रत्यक्ष संलग्नता रहेको सोे मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका कक्ष छन् ।

नेपालबाट अष्ट्रेलिया, भारत, अमेरिका, बंगलादेश, श्रीलंका, न्यूजिल्याण्ड तथा युरोपका बेलायतलगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गर्छन् । मेलाभित्रै रक्तदान, दन्त शिविर र भूकम्पसम्बन्धी तस्बिर प्रदर्शनी कार्यक्रम पनि चलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी