वीरगञ्ज भन्सारमा एक सय एक प्रतिशत राजश्व असुली

वीरगञ्ज भन्सारमा एक सय एक प्रतिशत राजश्व असुली

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

वीरगञ्ज, ४ साउन । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ ।

गत आवमा रु एक खर्ब सात अर्ब ११ करोड ३१ लाख ६३ हजार राजश्व संकलनको लक्ष्य राखेकामा रु एक खर्ब आठ अर्ब १० करोड ७७ लाख ८७ हजार राजश्व उठाउन सफल भएको छ ।

कार्यालयले मुख्य रुपमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तः शुल्कतर्फ बढी राजश्व उठाएको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताउनुभयो । डिजेल र पेट्रोलमा कार्यालयले रु १० अर्ब राजश्व संकलन गरेको छ ।

सिमेन्टको कच्चापदार्थ क्लिङ्करमा रु तीन अर्ब ३८ करोड र एलपी ग्यासमा रु दुई अर्ब नौ करोड संकलन भएको छ ।

कार्यालयलाई करिब ४० प्रतिशत राजश्व भारतीय गाडीको निकासीबाट आउने गरेको छ । गत आवमा एक लाख १४ हजार थान मोटरसाइकल, आठ हजार थान कार, १७ हजार थान बस र ट्रक र एक हजार ६३३ थान ठूला ट्रक नेपाल भित्रिएका थिए ।

भन्सारले आव २०७१÷७२ मा रु ९१ अर्ब राजश्व उठाउने लक्ष्य राखेकामा रु ९८ अर्ब संकलन गरेको थियो । आव २०७२÷७३ मा रु ७१ अर्ब राजश्व असुली गर्ने लक्ष्य लिएकामा रु ५५ अर्ब मात्र संकलन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी