कृषकहरुको हौसला बढाउन अवार्ड वितरण गर्दैछौ : अशिम सापकोटा

कृषकहरुको हौसला बढाउन अवार्ड वितरण गर्दैछौ : अशिम सापकोटा

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

अधिकाशं नेपालीहरु जीविकोपार्जनका लागि कृषि प्रणालीमा आधारीत खेतीपाती गरिरहेका छन् । तर यो प्रद्धतीमा परिमार्जन गरी रुपान्तरण गर्न आवश्यक छ । यसका अलावा अर्गा्निक खेतिपाती, प्रांगारीक कृषि प्रणालीलाई जोड दिनुपर्छ । प्रतिष्पर्धी बजारलाई चाहिने किसीमको जनशक्ति तथा तिनको तालिम, ज्ञान, सिपलाई उत्पादनमुलक बनाउन सकेको खण्डमा मात्रै कृषिको दिगो विकास हुन सक्छ भन्ने युवा कृषि पत्रकार अशिम सापकोटा नेपालमा उत्पादन हुन सक्ने वस्तुहरुको उत्पादन बढाउन सके स्वतः नेपाली कृषकको आम्दानी बढाउन सकिन्छ र बढी भएको उत्पादन पनि विश्व बजारमा पनि पु¥याउन सकिन्छ भन्छन् ।
लामो समयदेखि कृषिको पत्रकारीता गरीरहेका सापकोटा बिगत चार बर्षदेखि कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मिडिया नेटवर्कद्धारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिका का समेत प्रबन्ध निर्देशक हुन् ।
कृषि क्षेत्रमा क्रियाशिल तथा नेपालको कृषि क्षेत्रको व्यवसायिकरणमा योगदान पु¥याइरहेका १० जनालाई यो एग्रो टाइम्स मासिक पत्रिकाले एग्रो टाइम्स दोश्रो कृषि अवार्ड वितरण गर्न लागेको छ, यहि एग्रो टाइम्स कृषि अवार्डको सेरोफेरोमा सेतो घरकाका लागी कमल पन्थीले उनै सापकोटासँग केहि जानकारी लिने प्रयास गरेका छन् । प्रस्तुत छ सोहि कुराकानीको संपादित अंश :

यो अवार्ड कस्तो हो र किन गर्न लाग्नुभयो ?
हामीले बिगत ४ बर्षदेखि कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मासिक पत्रिका प्रकाशन गरीरहेका छौँ । पाँचौ बर्ष पुग्न थालेको अवसरमा चौथो बार्षिकोत्सव कार्यक्रमको अवसरमा यो दोश्रो एग्रो टाइम्स कृषि अवार्ड गर्न लागेका हौँ । कृषि क्षेत्रमा क्रियाशिल तथा नेपालको कृषि क्षेत्रको व्यवसायिकरणमा योगदान पु¥याइरहेका १० जनालाई यो अवार्ड वितरण गर्न लागिएको हो । कृषकहरुलाई थप हौसला दिनको लागि यो अवार्ड वितरण गर्न लागिएको हो ।


खास यो अवार्डमा कस्तो–कस्तो व्यक्तिले आबद्ध हुन पाँउछन त ?

कृषि क्षेत्रमा क्रियाशिल, नेपालको कृषिको व्यवसायिकरण अन्तर्गत हरेक विधामा आवद्ध तथा नेपालको कृषि क्षेत्रको व्यवसायिकरणमा योगदान पु¥याइरहेका व्यक्तिहरुले आवेदन दिन सक्नुहुनेछ । यो अवार्डको लागि आवेदन सुरु भइसकेको छ । यस अवार्डको लागि विभिन्न जिल्लामा रहेका एग्रो टाइम्सका संवाददाता तथा सिधै कार्यालयको फोन नं ०१–४१०२७०९, ९८५१०९७१९२ मा समेत सम्पर्क गरेर पनि आवेदन दिन सकिन्छ । बार्षिक ग्राहक बनी सकेकाहरुलाई भने हामी आवेदन फाराम पनि पठाउने व्यवस्था मिलाइएको छ । व्यवसायिक रुपमा लागिरहेका र अन्यहरुलाई समेत व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्न प्रेरीत गरीरहेकाहरुले आवेदन भर्न सक्नेछन् ।

आवेदन पश्चात के –कसरी छनौटमा लगिन्छ त ?

आवेदन पश्चात जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, स्थानीय स्तरका विभिन्न संघ÷संस्था लगायतका सरकारी कार्यालसँग सहकार्य गरी देशभरबाट १०० जनालाई छनौट प्रक्रियामा लगिनेछ । छनौटमा परेका १०० जनालाई नै बिशेष योगदान झल्किने भावसहितको कदर पत्रद्धारा सम्मान पनि गरीनेछ । त्यस पश्चात विभिन्न प्रक्रियामार्फत उत्कृष्ट १० जनालाई छनौट गरीनेछ । कृषि अन्तर्गत जुनसुकै क्षेत्रमा आवद्धले आवेदन दिन सकिनेछ ।

 

अन्त्यमा केहि भन्नुहुन्छ कि ?
यो अवार्ड सबै किसानको हौसला दिने कार्यक्रम हो त्यसैले आबद्ध हौँ । नेपालमा कृषि क्षेत्रको विकास भयो भने आर्थिक संवृद्धि अवश्य हुन्छ । कृषि क्षेत्रका समस्या छन् या कृषि क्षेत्रमा लाग्ने सोँच बनाउदै हुनुहुन्छ भने हामी सहयोग गर्न तयार छौँ । निवार्हमुखि कृषि पेशालाई व्यवसायिकतातर्फ मोडौँ भन्न चाहन्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी