तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना

तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना

  • सोमवार, साउन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, २ साउन । घरेलु तथा साना उद्योग विकास समितिले बहुमूल्य धातु रत्न, पत्थर कटिङ तथा पोलिसिङका लागि तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना गरेको छ ।

समितिले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गरेको हो । सुर्खेतमा विसं २०६५ मा विकास केन्द्र स्थापना भएको हो भने धादिङ र डोटीमा गत वर्षमात्र प्रशोधन केन्द्र स्थापना भएको थियो ।

समितिले बहुमूल्य धातु बढी पाइने स्थानको पहिचान गरी उक्त क्षेत्रमा प्रशोधन केन्द्रको स्थापना गरेको हो । विश्वमा पाइने ८०० धातुमध्ये नेपालमा आठ प्रकारका धातु पाइन्छन् । काइनाइट, टुर्मालिन, क्वार्ज, एक्वामेरिन, गार्नेट, डेब्युराइट, हेम्बरराइट नेपालमा पाइने धातुहरु हुन् ।

समितिका उपकार्यकारी निर्देशक विनोददेव पन्त रत्न, पत्थर धेरै पाइने स्थानको पहिचान गरी प्रशोधन केन्द्र स्थापना गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, धादिङ, नुवाकोट जिल्ला धेरै रत्नपत्थर पाइने जिल्लाहरु हुन् त्यहाँको क्षेत्रलाई हेरेर प्रशोधन केन्द्र स्थापना गरेका हौँ ।”

समितिले रत्न पत्थर कटिङ, पोलिसिङ तथा ड्रिलिङका वर्षेनी सयौँ युवालाई तालीमसमेत दिँदै आएको छ । समितिले प्रशोधन केन्द्र स्थापना भएपछि गत वर्षसम्म ७४९ जनालाई सीपमूलक तालीम प्रदान गरेको थियो ।

आव २०७३÷७४ मा कालीकोट, सुर्खेत, धादिङ र कालीकोट जिल्लामा १९१ जना युवालाई सीपमूलक तालीम प्रदान गरेको छ । समितिले सीप विकास तालीम तीन महिनासम्म दिने गर्छ ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झा नेपालको हिमाली क्षेत्र रत्न पत्थरका लागि उत्कृष्ट क्षेत्र रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “विभागले सम्भावित ठाउँको अन्वेषण गरी उत्खननका लागि निजी क्षेत्रलाई दिने गरेको छ ।”

सुर्खेत, दैलेख, कालीकोट, लमजुङ, गोरखा, धादिङ, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा रत्न तथा पत्थर रहेका सम्भावित जिल्लामा पर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी