काठमाडौ ३१ असार ।
एएफसी अन्डर २३ च्याम्पियनसीप छनोटको उद्घाटन खेलमा नेपाली टोलीले आज आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति ८ बजेपछि युएईको अलइनस्थित तहनुनबिन मुहमद स्टेडियममा सुरु हुनेछ ।
समुह डि मा रहेका यी दुई टोलीबीच आज प्रतिस्पर्धा हुन लागेको हो । नेपाल रहेको समुहमा आयोजक युएईसहित उजेकिस्तान र लेवनान् रहेका छन् ।
राउन्ड रोबिन लिगका आधारमा सन्चालन हुने प्रतियोगिताको शिर्ष टोली च्यम्पियनसीपका लागि छनोट हुनेछ । १० समुहका दोस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट ५ ले च्याम्पियनसीपमा स्थान बनाउनेछन् ।
तुलनात्मक रुपमा कठिन समुहमा रहेको नेपाली टोली जीत हासिल गर्दै च्यम्पियनसीका लागि छनोट हुने लक्ष्यका साथ आज मैदान उत्रदैछ ।
विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोलीले आफ्नो दोस्रो खेलमा सोमबार डेफिन्डिङ च्याम्पियन उजेकिस्तान र बुधबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।