जन्तरेको ‘पालामकी राजकुमारी’

जन्तरेको ‘पालामकी राजकुमारी’

  • शनिबार, असार ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, ३१ असार । मलेसियामा कार्यरत तेह्रथुमका कवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम कविताकृति ‘पालामकी राजकुमारी’ बजारमा ल्याउनुभएको छ ।
सो कृतिको साहित्यकार वैरागी काइँला, प्राज्ञ अमर गिरी र शशी लुमुम्बू, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी लगायतले शुक्रबार विमोचन गर्नुभयो ।
सो अवसरमा काइँलाले परम्परागत र मौलिक संस्कृतिमाथि बाह्य संस्कृतिको प्रभाव परिरहेका बेला जन्तरेले सांस्कृतिक सम्पदालाई महत्वका साथ आफ्ना कवितामा समेटेको बताउनुभयो ।
प्राज्ञ गिरीले सांस्कृतिक चेतनाले राष्ट्रियता मजबुद हुने उल्लेख गर्दै कविहरूले जीवन र जगत्को बोध गर्नुपर्नेमा जोड दिनुभयो । प्राज्ञ लुमुम्बूले कृति मुन्धुमी भावभूमिमा आधारित रहेर रचिएको बताउनुभयो ।
साहित्यकार टङ्क भट्टराई, नियात्राकार तथा कवि जय छाङ्छा र कवि चन्द्र रानाहँछाले जन्तरेका कवितामा परदेशी पीडा, स्वदेशप्रेम र स्व–संस्कृतिप्रतिको प्रगाढ आस्था प्रतिबिम्बित भएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी