ललितपूरमा ३ अर्ब २२ करोड ९१ लाख १० हजार बजेट सार्वजनिक

ललितपूरमा ३ अर्ब २२ करोड ९१ लाख १० हजार बजेट सार्वजनिक

  • शनिबार, असार ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ ३१ असार ।
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आजबाट सुरु नगरसभामा ललितपुर महानगरपालिकाले चालुतर्फ ४३ करोड १२ लाख ७ हजार र पुँजिगततर्फ २ अर्ब ७९ करोड ७८ लाख २३ हजार बजेट प्रस्ताव गरेको हो ।

बजेट सार्वजनिक गर्दै मेयर चिरिबाबु महर्जनले सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने, दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक उर्जा प्रवद्र्धन, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माणमा जोड दिइने बताउनुभयो ।

उहाँले पर्यटन विकासको माध्यमबाट आर्थिक विकास, वातावरणमैत्री स्थानीय शासन, सरसफाई, बालमैत्री, स्थानीय शासन व्यवस्था, लैगिंक समानता तथा सामाविक समावेशी विकास र वडालाई विकासको केन्द्रविन्दु बनाउने बताउनु भएको छ ।

यस्तै पुल्चोकदेखि वागमती पुलसम्म १ दशमलव ४ किलोमिटरको फ्लाइओभरको सम्भाव्यता अध्ययन सुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

यसैगरी मोनो रेल संचालनका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गर्ने, सवारी चाप बढी हुने ग्वार्को, सातदोबाटो र एकान्त कुनामा फ्लाइओभर निर्माण गर्ने, शंखमुलमा विद्युतीय शवदाह गृह निर्माण गर्ने, महानगरका ठाउँ ठाउँमा मोबाइल शौचालय निर्माण गर्ने लगायत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी