वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्व चयनमा अन्तरघात हुनेमा डरमा काग्रेस नेताहरु , गरे यस्तो आग्रह

वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्व चयनमा अन्तरघात हुनेमा डरमा काग्रेस नेताहरु , गरे यस्तो आग्रह

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, २९ असार । नेपाली काँग्रेसका नेताहरुले वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि शुक्रबार हुने निर्वाचनमा अन्तर्घात नगर्न काँग्रेस निकट व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमको ‘बिमल ढकाल संयुक्त व्यवसायी समूहको भेलालाई बुधबार सम्बोधन गर्दै काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले एक ढिक्का भएर मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण धेरै तहमा पार्टीले हार व्यहो¥यो, तपाईंहरुको निर्वाचनमा त्यस्तो अन्तर्घात नगर्नुहोला ।” वैदेशिक रोजगारलाई मर्यादित बनाउन आवश्यक रहेको भन्दै उहाँले व्यवसायीको माग सम्बोधन गर्न आफ्ना तर्फबाट सक्दो पहल गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले वैदेशिक रोजगार व्यवसायमा केही व्यक्तिको मात्रै एकाधिकार हुने अवस्थाको अन्त्यका लागि लोकतान्त्रिक समूहको जित आवश्यक रहेको धारणा राख्नुभयो ।

संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले ढकाल समूहमा आदिवासी, जनजाति, मुस्लिम, मधेसी सबैको उम्मेदवारी रहेको समावेशी समूह रहेको भन्दै यो समूहले जित्ने बताउनुभयो । अध्यक्षका उम्मेदवार बिमल ढकालले अघिल्लो कार्यकालमा बाँकी रहेको केही काम पूरा गर्नुपर्ने दायित्व आफूसामु रहेको भन्दै ६ महिनाभित्र त्यो पूरा गर्न नसके आफूले पदबाट राजीनामा दिने घोषणा गर्नुभयो ।

सो समूहबाट प्रथम उपाध्यक्षका उम्मेदवार प्रज्ञान न्यौपानेले विभिन्न नाममा मलेसिया जाने कामदारमाथि भइरहेको आर्थिक भार थोपर्ने कामको अन्त्य, व्यवसायमा केही संस्थाको मात्रै एकाधिकार कायम गर्ने कार्यको निषेध गर्दै व्यवसायलाई मर्यादित बनाउने आफ्नो कार्यसूची रहेको बताउनुभयो ।

सो समूहबाट अध्यक्षमा ढकाल, प्रथम उपाध्यक्षमा न्यौपाने, द्वितीय उपाध्यक्षमा भुवन गुरुङ, तृतीय उपाध्यक्षमा नवलकिशोर साह, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा विनोदजङ्ग केसी र कोषाध्यक्षमा राधिका कटुवाल उम्मेदवार हुनुहन्छ ।

अर्कोतर्फ नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका तर्फबाट रोहन गुरुङको अध्यक्षतामा ‘संयुक्त व्यावसायिक समूह’ले सङ्घमा उम्मेदवारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी