सहमतिपछि विद्यार्थीले रिले अनशन तोडे

सहमतिपछि विद्यार्थीले रिले अनशन तोडे

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

राजविराज, २८ असार । शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने सहमति भएपछि विद्यार्थीले गर्दै आएको रिले अनशन आज तोडिएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवा, शिक्षा अधिकारी डोलराज पाण्डे, राष्ट्रिय अनुसन्धान प्रमुख देवराज लिम्बू तथा स्थानीय सञ्चारकर्मीको उपस्थितिमा विद्यार्थीले उठाएको माग सम्बन्धमा पूरा गराउने सहमति भएपछि चार दिनदेखि जारी राखेको रिले अनशन तोडिएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कटुवाले उनीहरुलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।
सप्तरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गदै राजविराजस्थित गजेन्द्र चोकमा विगत चार दिनदेखि विद्यार्थीले रिले अनशनमा बस्दै आएका थिए ।
लालीगुराँस बाल क्लबको अगुवाइमा सुरु गरिएको रिले अनशनमा विद्यार्थीले उठाइएको मागका सम्बन्धमा छिट्टै सम्पूर्ण सरोकारवालासँगको बैठक राखी समाधान गर्ने र यहाँबाट नभए केन्द्रमा पत्रचार गर्ने प्रजिअ कटुवाल र जिशिल पाण्डेले प्रतिबद्धता जनाइएपछि अनशन तोडिएको क्लबका अध्यक्ष मो जकउल्लाहले बताउनुभयो ।
कुनै पनि बन्द, हडतालमा विद्यालय एक दिनको लागि भएपनि बन्द नहुने गरी पूर्णरुपमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, देशभरिकै शिक्षकको शैक्षिक प्रमाण चेकजाँच हुनुपर्ने र नक्कली पाएमा सख्त कारबाही गर्नुपर्ने, कक्षा १२ सम्मको रजिष्ट्रेसन फर्म, परीक्षा फर्म र प्रेक्टिकल फर्म निःशुल्क हुनुपर्ने तथा एक कक्षा उत्तीर्ण गरी अर्को कक्षामा जानको लागि पुनः भर्नाको चार्ज नहुनुपर्नेलगायतका चौधबुँदे मागसहित उनीहरुले रिले अनशनमा बसेका थिए ।

त्यस्तै पाठ्यपुस्तक समयमै उपलब्ध गराउनुपर्ने, पाठ्यपुस्तकको मनपरी मूल्य नियन्त्रण गर्नु पर्ने, बन्द हडतालबाट विद्यालयलाई अलग गरेर राख्नुपर्ने, रजिष्ट्रेसन र परीक्षा शुल्क निःशुल्क गरिनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालयसरह सेवा सुविधा उपलब्ध गराउनु पर्नेलगायत माग अगाडी सारेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी