बजेटले मानव र प्रकृतिको व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्न आग्रह

बजेटले मानव र प्रकृतिको व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्न आग्रह

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बजेटको व्यवस्थापन गर्न योजनाबद्ध विकास जरुरी रहेकामा जोड दिँदै मानव र प्रकृतिको व्यवस्थापनलाई पनि बजेटमा प्राथमिता दिन आग्रह गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उहाँले काठमाडौँको जनसङ्ख्यालाई विकेन्द्रीकरण गरी उपत्यका बाहिरका शहरमा आकर्षित गराउन, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीका लागि नै काठमाडौँ आउने प्रवृत्तिलाई अन्त्य गर्न उपत्यका बाहिर पनि यस्ता सुविधा पु¥याउनुपर्छ भन्नुभयो ।

नेता पौडेलले खेतीयोग्य हराभरा जमिनलाई मासेर घर बनाई बस्ती बसाल्ने प्रवृत्तिलाई अन्त्य गर्न यस्ता जमिनमा ठूलाठूला भवन बनाउन नहुने नीति कडाइका साथ लागू हुनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो– “जनताका आधारभूत आवश्यकता पूरा हुने विकासका कार्यक्रम ल्याउन, जनताको घर आँगनमै सरकारी सेवा सुविधा पु¥याउन र विकासका योजना तर्जुमा गर्दा नेतालाई होइन जनतालाई ध्यान दिनुपर्छ ।”

नेता पौडेलले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले ऐन तथा नियमको अभावमा काम गर्न नसकेका प्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै काम गर्ने वातावरण मिलाउन जोड दिनुभयो ।

स्थानीय तहका निर्वाचनमा आर्थिक चलखेल भयो भन्ने सुनिएकाले यस्तो यस्तो प्रवृत्तिले लोकतन्त्रलाई बलियो बनाउँदैन भन्दै उहाँले “निर्वाचनलाई खर्चिलो र भड्किलो बनाउने प्रबृत्ति अन्त्य गर्नुपर्छ । नीति बमोजिम जनताले मत दिने पद्धतिको विकास गरिनुपर्छ ।”

“स्थानीय तहको निर्वाचनपछि राजनीतिक स्थायित्व आएको छ, अब आर्थिक विकासको ढोका खुल्छ, १० वर्षमा ठूलो फड्को मार्न सकिन्छ, झोलामा खोलो राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ, जलस्रोतको उपयोग गर्नुपर्छ, देशको स्रोत साधनलाई सही उपयोग गर्नुपर्छ” – नेता पौडेलले भन्नुभयो ।

बजेट र योजनासित सुशासनलाई जोड्न र भ्रष्टाचारमुक्त समाजको स्थापना गरिनुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो – “संविधानको सर्वस्वीकार्यताका लागि आन्दोलनरत पार्टीको माग पूरा गर्न एमाले पनि लचिलो बन्नुपर्छ र संविधान संशोधनमा सहयोग गर्नुपर्छ ।”

सांसद गणेशसिंह ठकुन्नाले आफ्नै सदरमुकाम जाँदा तीन दार्चुलावासी भारतको धार्चुलामा बिहीबार गएको पहिरोमा परी मृत्यु भएकामा सरकारको ध्यानाकर्षण गराउँदै पीडितका परिवारलाई राहत दिन सरकारसित माग गर्नुभयो ।

सांसद रामनारायण बिडारीले सम्मानित नेताको नाममा खोलिएको अस्पतालमा उपचार गर्न आएका बिरामीले आफ्नो मिर्गाैला निकालियो भन्दै हारगुहार गर्दै हिँडेका छन् यसमा न्यायिक छानबिन गर्न सरकारसित माग गर्नुभयो ।

सांसद अनुराधा थापामगरले योग दिवस मनाउन परिपत्र गर्ने शिक्षा मन्त्रालयले योग विषयलाई किन आ–आफ्नो पाठ्यपुस्तकमा समावेश नगरेको भन्ने प्रश्न गर्नुभयो ।

सांसद रामहरि खतिवडाले पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने शहरी र ग्रामीण सडकको स्तरोन्नतिमा सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो ।

सांसद रामेश्वर फुयाँलले राष्ट्रिय गौरवका योजना समयमा सम्पन्न गर्न बजेट अपुग भएको र मेलाम्ची खानेपानी आयोजना समयमा निर्माण सम्पन्न हुनुपर्छ भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी