-राजु ढुङ्गाना (प्रनिल)
नेपाली पत्रकारिता जगतका एक स्वतन्त्र पत्रकार, बर्तमान नेपाली युवा पुस्ताका असाधारण क्षमताका हिरा प्रेम बानिया आज म तिमी सङ्ग दुनियाको सामुन्य तमाम युवाहरुको तर्फबाट माफी माग्दै छु। जस्ले तिमी भित्रको स्वाभिमान माथी औंला उठाए, जस्ले तिमी भित्रको राष्ट्रियताको विशाल मुटु प्रती लालछना लगाए हो म आज तिमिलाइ आरोप लगाउने ती जम्मै युवाहरुको तर्फबाट माफी माग्दछु। सक्छौ भने माफ गरिदेउ। म सम्झन्छु तिमिले news24 टेलिभिजनबाट चिच्याउदै युवाहरुमा ल्याउन खोजेको परिवर्तन ।
जब तिमी टेलिभिजमा जय स्वाभिमान जय राष्ट्रियता भन्दै एकोहोरो चिच्याउथ्यौ म भित्र सकारात्मक आगो सल्किन्थ्यो, लाग्थ्यो त्यही आगोले देशको सबै बिकृतिहरु भस्म पारिदिउ, तिम्रो देश भक्ती देखेर म मेरा शरीरका तमाम रौहरु एकाएक बियुतिएर बारबार करेन्ट उत्पन्न गराउथ्यौ र भक्कानिन्थे लाग्थ्यो त्यही करेन्टले देशको व्यथितीहरु मारिदिउ! तिमी टेलिभिजनमा सधैं जसो एकोहोरो चिच्याइरहदा म भित्रको ज्वाला फुट्थ्यो र कोठामा बसेर तिम्रै सामुन्य तिमी सङ्गै म पनि रोइरहने तमाम पलहरु सम्झन्छु!
हरेक मानवमा सकारात्मक/नकारात्मक दुवै गुण हुन्छ भन्य तथ्य मैले नबुझेको होइन तर सार्वजनिक तिम्रो व्यक्तित्व मेरो नजरमा बर्तमान युवा पुस्ताकै एक उदाहरण छौ! प्रिय प्रेम बानिया; राजनीतिलाई जागिर बनाउने जमातको बिचमा तिमी जस्ता पत्रकारहरु तिमी म जस्ता युवाहरु बाच्न सक्दैनन र बाच्न कठिन बनाइदिन्छ!
प्रिय प्रेम बानिया; याहा बाच्न तिमी पनि त्यही राजनीतिको जागिरे हुनुपर्थ्यो, तिमिपनी पार्टीको सदस्य भएर भक्तिभाव गर्नुपर्थ्यो, तिमिपनी भ्रस्टाचारको हिस्सामा सामिल भएर भ्रस्टाचारिका वकिल भएर दलिल दिनुपर्थ्यो, तिमिपनी त्यो भिडमा समाहित भएर फलाना ढिस्कानाको जय जय भन्दै झणडा बोक्नुपर्थ्यो, तिमिले यो सबै नगरेर तिमिले पार्टी निकट पत्रकारिता नगरेर ठूलो गल्ती गर्यौ त्यसैले त प्रेम बानिया आज तिमि अमेरिका गएर पनि दुनिया सामु आफू भित्रको स्वाभिमान/राष्ट्रियताको विशाल प्रमाणपत्र पेश गर्न बाध्य भयौ! तिमी भित्रको स्वाभिमान तिमी भित्रको राष्ट्रियताको ठूलो आयतनको प्रमाणपत्र आफ्नै मुटुमै कैद गरेर राख याहा तिम्रो स्वाभिमान तिम्रो राष्ट्रियता दिनदाहाडै लिलाम पारिदिने झणडावाल युवा जमातको कमि छैन!
तिमी देश भक्त हौ, तिम्रो स्वाभिमान विशाल छ तिम्रो राष्ट्रियता इमानदार छ, तिमिले आफ्नो मुटु चिरेर प्रमाणपत्र मलाइ नदेखाउ, म पनि तिमी जस्तै हु, बिचार भावना दृस्ठिकोणले सबैभन्दा माथी रहेर देशको तरक्कीको सपना देख्ने तिमी जस्तै म पनि एक युवा हु त्यसैले मेरो नजरमा तिमी पास छौ! प्रिय प्रेम बानिया; तिमिले पनि १६ बर्ष पत्रकारिता गर्यौ जय स्वाभिमान भनेर युवामा रक्त सन्चार गर्ने प्रयत्न गर्यौ समाजलाइ आफ्नो काम छेत्रबाट पढाउन खोज्यौ तिम्रो आवाजले याहा कयौंलाई पोल्यो तिम्रो सशक्त कलमले याहा कयौंलाई घोच्यो पोल्ने र घोच्ने सकारात्मक प्रयत्न गर्दागर्दै अचानक तिमी अमेरिका हानियौ!
अमेरिका जानुको तिम्रो आफ्नै निजि कारण निजि बाध्यता वा निजि रहर जे भएपनी त्यो तिम्रो आत्म निर्णयको अधिकार हो म सम्मान सदैव गर्छु! तर मलाइ थाह थियो किनकी म पनि तिमी जस्तै सचेत युवा हु, प्रेम बानिया मेरो पनि करिब करिब १६ बर्ष पुग्न लाग्यो राजनीतिमा जीवन बिताएको! देश परिवर्तन गर्छु भनेर मैलेपनी जय स्वाभिमान जय राष्ट्रियता भन्दै जनयुद्धमा होमिदै करिब ११ बर्ष राजनीतिमा आफ्नो जीवन समर्पण गरे, मैले पनि तिमिले जस्तै ठुल्ठुलो आवजामा जय स्वाभिमान भन्दै चिच्याय रास्ट्रवादका पाठ पढाए, तिमिले जस्तै मैले पनि आवाज बोले तिमिले जस्तै मैले पनि लेखे, तिमि र ममा फरक यत्ती थियो कि तिम्रो माध्यम एउटा थियो मेरो अर्को तर हामी दुवैको चिच्याहट स्वाभिमान /राष्ट्रियता नै थियो! तर आज हामी दुवै देश भन्दा बाहिर छौ बिदेशियाका छौ, फरक यत्ती हो तिमी बिदेशिनुको कारण अलग छ म बिदेशिनुको कारण अलग छ तरपनी हामी दुवै बिदेशिनुको बाध्यता भने एकै छ!
यस्तै बाध्यता बिदेशियका करिब ६० लाख युवामा छ! त्यसैले तिमी म हामी ६० लाख युवाहरु राष्ट्रघाती भयौ आज, तिमिलाइ जस्तै आरोप मलाइ पनि लगाउछन त्यसैले प्रेम बानिया तिम्रो बेदना म बुझ्दछु, अनि त माफी माङ्दै छु! तर बानिया मलाइ एउटा कुरामा मात्रै पिडा छ सायद तिमिलाइ पनि, देशको राजनीतिक व्यथिती बाट बिहान बेलुकाको छक टार्न नसकेर, देशभित्र निश्चित अवधी सम्म आफ्नो भविस्य नदेर अथवा बिभित कारण बाध्यता अनुरुप हरियो खास्टो बोकेर पिडादायक बिदेशमा गुलामी जीवन बितारहेका युवाहरु माझबाट नै आज तिम्रो र मेरो सवाभिमान र रास्ट्रवादको प्रमाणपत्र नक्कली भनिरहेछन! तिनिहरुले नै तिम्रो र मेरो घज्जी उडाइरहेछन, बिदेशमै बसेर जीवन यापन चलाउने युवाहरुले नै तिम्रो मेरो स्वाभिमान प्रती तथानाम बकिरहेछन बानिया मात्र दुख यसैमा छ!
बानिया यदि तिमी र म स्वाभिमानी छैनौ भने तिमी र ममा रास्ट्रवाद छैन भने तिमी मैले देशलाइ माया गर्दैनौ भने ती ६० लाख सबै युवाहरु पनि मुटु चिरेर स्वाभिमान र रास्ट्रदको प्रमाणपत्र निकाल्नुपर्छ! तिमी कुनै DV परेर अमेरिका गयका हैनौ , तिमी आफ्नो कुनै निजि स्वार्थका कारण अमेरिका गयका हौनौ भन्य कुरा मैले सारा लोक जगतलाइ बारबार पढाइरहे मैले यो पनि पढाए कि अमेरिकाको एउटा यस्तो परम्परा छ जुन परम्परा अन्तर्गत अमेरिकाले प्रायजसो देशका असाधारण क्षमता भयका एजुकेटेट व्यक्तिहरुलाइ निम्ता गरेर केही तालिम ज्ञान दिने गर्छ यहि सिलसिलामा प्रेम बानिया अमेरिका गयका हुन!
जुन कुरा अमेरिका र नेपाल सरकार सम्बन्धित मामिला अन्तर्गत छ! तर प्रेम बानिया याहा तिम्रो इमानदारीता प्रती त्यही युवा जमाका बरिस्ठ ज्ञानिहरुले धज्जी उडाए, जस्ले धज्जी उडाए ती जमातले स्वाभिमान भन्य शब्दको अर्थनै बुझेका रहेनछन भन्य सत्य तथ्य तिमिले जापानबाट सानदार ढङ्गले पुस्टि गरिदिएउ आज ती जमातले तिमी सङ माफी माङ्ने हिम्मत गर्न लाजाए त्यसैले सबैको तर्फबाट म माफी माग्दछु
तिमिले परिवर्तनको विरुद्धमा बोलेको लेखेको मलाइ थाह छैन, तिमिले अधिकार पहिचानको विरुद्धमा बोलेको लेखेको मलाइ थाह छैन,! तिमिले बोलेको लेखेको यो थाह छ मलाइ परिवर्तन, अधिकार , पहिचानको नाममा भित्रीएका , ल्याइएका आयातित बिकृती बिसङ्गतीका अतिवाद विरुद्धमा बडो सचेत ढङ्गले सकारात्मक आवाज ओकलेको लेखेको मात्र मलाइ थाह छ, जुन तिमिले गल्ती गर्यौ! तिमिले देश पुरै घुमेर कुनाकाप्चा पुगेर जनताका गुनासा निकाय सम्म पुर्यायौ, बिकाश समृद्धिको मात्रै कुरा गर्यौ, अस्तव्यस्त राजनीति विरुद्धको मात्रै कुरा गर्यौ, तिमिले बालबालिकाको कुरा गर्यौ, तिमिले युवाका कुरा गर्यौ, तिमिले महिला , वृद्ध बृद्दाका कुरा गर्यौ, तिमिले गरिबका कुरा गर्यौ, तिमिले असाहयका कुरा गर्यौ, तिमिले देशको सिमाना मिचिएका कुरा गर्यौ, राजनीतिक जागिरेहरुले नेपाल आमाको छातिमा परेड खेलेको कुरा गर्यौ, किन गर्यौ यस्तो..?
यस्तो गरेर स्वाभिमानी रास्ट्रवादी भैदैन प्रेम बानिया! प्रेम बानिया याहा सच्चा पत्रकार सच्या स्वाभिमानी सच्चा रास्ट्रवादी हुन पार्टी सदस्यता लिएर झणडा बोक्नुपर्छ, याहा पार्टी निकटका खुद्रा प्रेस छाताभित्र रहेर पत्रकारिता गर्दै सच्चा स्वाभिमान र रास्ट्रवादिको उपाधी जित्न सक्नुपर्छ, याहा राजनीतिक जागिरेहरुको जागिर बचाउनेगरी बोल्नुपर्छ लेख्नुपर्छ, याहा तिमिले आफ्नो स्वतन्त्र मत राख्न पाउदैनौ, याहा पहिचानको नाम भजाएर अति जातिय, धार्मिक, छेत्रीय कुरा गर्नुपर्छ, याहा राजनीतिक जागिरेले जे भन्छ त्यही मान्नुपर्छ अनि बल्ल सच्चा स्वाभिमानी रास्ट्रवादी भैइन्छ! यो सबै गर्न तिमिले कहाँ गर्न सक्छौर… त्यसैले तिमी म सच्चा स्वाभिमानी रास्ट्रवादी होइनौ! तिमिले भनेझै आमाको काखमा बसेर आमाकै कोखमा छुरा घोप्नेहरु सच्चा स्वाभिमानी रास्ट्रवादी भएको देशमा टाढा बसेर आमालाइ माया गर्ने तिमी म जस्ता युवाहरु भगौडा, पलायनवादी, रास्ट्रघाती हौं! सक्छौ भने मलाइ माफ गरिदेउ प्रेम बानिया! आज तिमिले जापानको एउटा कुनाबाट स्वाभिमान रास्ट्रवाद राष्ट्रियताको प्रमाणपत्र मुटुबाट झिकेर दुनिया सामु प्रमाणित गर्नुपर्दा म जस्ता युवाहरु रोएका छौ लजित छौ! माफ गर है प्रेम!
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline