नगरको पहिलो निर्णय खानेपानी र विद्युत्मा जोड

नगरको पहिलो निर्णय खानेपानी र विद्युत्मा जोड

  • बिहिबार, असार २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

बाजुरा, २२ असार । हालै निर्वाचित बूढीनन्दा नगरपालिकाको पहिलो बैठकले नगरक्षेत्रमा खानेपानी विस्तार विद्युत् सेवा पु¥याउने निर्णय गरेको छ ।

निर्वाचन पछि पदबहाली भएलगत्तै पदाधिकारीको बैठकले कोल्टी बजारमा खानेपानीको समस्या र विद्युत् आपूर्ति नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्दै आएकाले ती विषयलाई पहिलो प्राथमिकतामा राखेको नगरप्रमुख पदमकुमार गिरीले जानकारी दिनुभएको छ ।

बैठकले सडक शिक्षा, स्वास्थ्य र प्रत्येक वडामा वडाकार्यालय स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्राकृतिक रुपमा सम्पन्न बूढीनन्दा नगरपालिकामा रहेको पर्यटकीय स्थलको श्रव्यदृश्य बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन पहल गरिने उपप्रमुख सृष्टि रेग्मीले बताउनुभयो ।

नगरपालिकाका प्रत्येक वडामा सडक सञ्जाल विस्तार गरिने, वडावासीलाई व्यावसायिक बनाउने जस्ता कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी