नेपालमा दूध उत्पादन तथा उत्पादकत्व सम्बन्धी समिक्षात्मक विश्लेषण

नेपालमा दूध उत्पादन तथा उत्पादकत्व सम्बन्धी समिक्षात्मक विश्लेषण

  • बिहिबार, असार २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 22.4K
    SHARES

(१) परिचय :
पशु पन्छी विकास मन्त्रालयले ४० बुंदे प्रतिबद्धता पत्र मार्फत र नेपाल सरकारको आ.व. ०७३÷ ०७४ को बजेट बक्तव्य मार्फत एक बर्षमा अण्डामा, दुई बर्षमा मासुमा र तीन बर्षमा दूधमा आत्मनिर्भर हुनु पर्ने छ ।
“बीउ राम्रो त खेती राम्रो” भन्ने नेपाली उखान आज पनि त्यतिकै सान्र्दभिक रहेको छ ।

उत्पादन राम्रो हुनको लागि सबै भन्दा पहिला बीउ राम्रो हुनु पर्दछ । बीउ राम्रो भए संगै त्यसलाई आवश्यक पर्ने आहारा तथा व्यवस्थापन राम्रो हुनु पर्दछ ।

साथै रोग लाग्न नदिनको लागि रोकथामाका उपायहरु एवं रोग लागि हाले पछि प्रभावकारी उपचार सेवाको उचित प्रबन्ध मिलाउन सकेमा राम्रो उत्पादन लिन सकिन्छ ।

हरेक बस्तुको उत्पादकत्वले उत्पादनको प्रतिनिधित्व गरेको हुन्छ । उत्पादन बढाउनको लागि उत्पादकत्व ले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।


उत्पादकत्व भन्नले प्रति ईकाई उत्पादन लाई जनाउदछ । त्यसै गरी दूध उत्पादन बढाउनमा गाई भैंसीको उत्पादन क्षमता तथा उत्पादकत्व महत्व पूर्ण रहेको हुन्छ ।

दूध उत्पादन, शारीरिक वृद्धि, र प्रजनन क्षमता सम्बन्धी २० देखि ३५ प्रतिशत वंशाणुगत गुणबाट र ६५ देखि ८० प्रतिशत वातावरणीय प्रभावमा भर पर्दछ । उन्नत जातको गाईभैंसी पाल्दा २५ देखि ३० प्रतिशत दूध उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ ।
गाईको दूध उत्पादन क्षमता : स्थानिय जातका गाईको दूध उत्पादन क्षमता ४३७ लिटर भए पनि उत्पादन ३५० लिटर रहेको छ । त्यसै गरी जर्सिको ३००० लिटर र होलिष्टीन फ्रिजन ४८०० लिटर रहेको छ ।

भैंसीको दूध उत्पादन क्षमता : स्थानिय जातका भैंसीको दूध उत्पादन क्षमता ९०० लिटर भए पनि उत्पादन ५०० लिटर रहेको छ । त्यसै गरी मुर्राक्रसको १५०० लिटर र शुद्ध मुर्राको २३०० लिटर रहेकोछ ।
(२) गाई भैंसीको उत्पादकत्व :

 

तालिका नं. १

(२.२) आयातित जातका गाईको उत्पादकत्व :

तालिका नं. २
(२.३) स्थानीय जातका भैंसीको उत्पादकत्व :

तालिका नं. ३

(२.४) आयातित जातका भैंसीको उत्पादकत्व :

तालिका नं. ४
(३) जिल्लागत गाई संख्या, दुधालु गाई संख्या, दूध उत्पादन, दूधको उत्पादकत्व र दुधालु गाई प्रतिशत :

तालिका नं. ५
प्रस्तुत तालिका नं.५ मा गाई संख्या ७३०२८०८ मध्ये दुधालु गाई संख्या १०२६१३५ (१४%) रहेको छ । सामान्यतया गाईको बथानमा (ज्भचम) ७५% दुधालु गाई हुनु पर्ने मान्यता राखिन्छ । गाईको औसत उत्पादकत्व ६२७ लिटर रहेको पाईयो । अझैपनि स्थानीय गाईको संख्याको हिस्सा ८७% रहेको छ । स्थानीय गाईको दूध उत्पादन क्षमता प्रति वेत प्रति गाई ४३७ लिटर रहेको भएपनि उत्पादन भने ३५० लिटर रहेको छ ।माथि तालिकामा स्थानीय जातका गाईको मात्र बाहुल्यता भएका जिल्लाहरु दूधको उत्पादकत्व ३०० लिटरको लाईन भन्दा माथि उठन सकेको देखिएन । जर्सी गाईको उत्पादन क्षमता प्रति वेत ३००० लिटर र होलिष्टीन फ्रिजनको ४८०० लिटर रहेको छ, यसकारण उन्नत जातको गाईले स्थानीय जातको गाई भन्दा ५ देखि ८ गुना बढी दूध दिन्छ ।
(४)जिल्लागत भैंसी संख्या,दुधालु भैंसी संख्या, दूध उत्पादन, दूधको उत्पादकत्व र दुधालु भैंसी प्रतिशत :

तालिका नं. ६
प्रस्तुत तालिका नं.६ मा भैंसी संख्या ५१६८८०९ मध्ये दुधालु भैंसी संख्या १३५५३८४ (२६%) रहेको छ । सामान्यतया भैंसीको बथानमा (ज्भचम) ६०% दुधालु भैंसी हुनु पर्ने मान्यता राखिन्छ । भैंसीको औसत उत्पादकत्व ८९३ लिटर रहेको पाईयो । अझैपनि स्थानीय भैंसीको संख्याको हिस्सा ७५% रहेको छ । स्थानीय भैंसीको दूध उत्पादन क्षमता प्रति वेत प्रति भैंसी ९०० लिटर रहेको भएपनि उत्पादन भने ५०० लिटर रहेको छ । माथि तालिकामा स्थानीय जातका भैंसीको बाहुल्यता भएका जिल्लाहरुमा दूधको उत्पादकत्व ७०० लिटरको लाईन भन्दा माथि उठन सकेको देखिएन । मुर्रा क्रस भैंसीको उत्पादन क्षमता प्रति वेत १५०० लिटर र शुद्ध मुर्रा भैंसीको उत्पादन क्षमता प्रति वेत २३०० लिटर रहेको छ, यसकारण उन्नत जातको भैंसीले स्थानीय जातको भैंसी भन्दा ३ देखि ४ गुना बढी दूध दिन्छ ।
(५) जिल्लागत गाई संख्या,दुधालु गाई संख्या, दूध उत्पादन, दूधको उत्पादकत्व र दुधालु गाई प्रतिशत :

तालिका नं. ७
प्रस्तुत तालिका नं.७ मा गाई संख्या ७२४३९१६ मध्ये दुधालु गाई संख्या १०२५४९५ (१४.१६%) रहेको छ । गाईको औसत उत्पादकत्व ५१८.२ लिटर रहेको पाईयो । अझैपनि स्थानीय गाईको संख्याको हिस्सा ८८% रहेको छ । माथि तालिकामा स्थानीय जातका गाईको मात्र बाहुल्यता भएका जिल्लाहरु दूधको उत्पादकत्व ३०० लिटरको लाईन भन्दा माथि उठन सकेको देखिएन ।
(६)जिल्लागत भैंसी संख्या,दुधालु भैंसी संख्या, दूध उत्पादन, दूधको उत्पादकत्व र दुधालु भैंसी प्रतिशत :

तालिका नं. ८
प्रस्तुत तालिका नं.८ मा भैंसी संख्या ५१७८६१२ मध्ये दुधालु भैंसी संख्या १३४५८३७ (२६%) रहेको छ । भैंसीको औसत उत्पादकत्व ८६७.६९ लिटर रहेको पाईयो । अझैपनि स्थानीय भैंसीको संख्याको हिस्सा ७०% रहेको छ । माथि तालिकामा स्थानीय जातका भैंसीको बाहुल्यता भएका जिल्लाहरुमा दूधको उत्पादकत्व ७०० लिटरको लाईन भन्दा माथि उठन सकेको देखिएन ।
(७) तुलनात्मक विवरण :
(७.१) गाईको आ.व.०७०÷०७१ र आ.व.०७२÷०७३को तुलनात्मक विवरण :

तालिका नं. ९
प्रस्तुत तालिका ९मा आ.व.०७०÷०७१ र आ.व.०७२÷०७३ बीचको तुलना गर्दा उन्नत गाईको संख्यामा बृद्धि हुदै जानुको साथै पशु पोषण तथा आहारामा सुधार हुदै गएकोले दूध उत्पादन तथा उत्पादकत्वमा बृद्धि हुदै गएको देखिन्छ
(७.२) भैंसीको आ.व.०७०÷०७१ र आ.व.०७२÷०७३को तुलनात्मक विवरण :

तालिका नं. १०
प्रस्तुत तालिका १० मा आ.व.०७०÷०७१ र आ.व.०७२÷०७३ बीचको तुलना गर्दा भैंसीको संख्या घट्दै गएको भएतापनि दुधालु भैंसीको संख्यामा बृद्धि हुदै जानुको साथै पशु पोषण तथा आहारामा सुधार हुदै गएकोले दूध उत्पादन तथा उत्पादकत्वमा बृद्धि हुदै गएको देखिन्छ । उत्पादनशील भैंसी संरक्षण कार्यक्रम व्यापक एवं प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने आवश्यक देखिन्छ ।
(८) दूधालु पशुको उत्पादकत्व बढाउनमा देखापरेका समस्याहरु ः
– स्थानीय गाईभैसी संख्या अत्यधिक बढी हुनु र तिनको उत्पादकत्व क्षमता कम हुनु ।
– प्रयाप्त मात्रामा पशु आहारा तथा पोषण उपलब्ध गराउन नसक्नु ।
– उचित व्यवस्थापन गर्न नसक्नु ।
– प्राविधिक ज्ञानको कमी हुनु ।
– दक्ष जनशक्तिको कमी तथा नया प्रविधिको प्रसार हुन नसक्नु ।
– दुधालु पशुको संख्यामा बृद्धि गर्न नसक्नु ।
– दुहुना पशुको दुई बेत बीचको अन्तर बढी हुनु ।
– परजीवि नियन्त्रण तथा खोप सेवा नियमित गर्न नसक्नु ।
– पशुको उत्पादन क्षमताको अधिकतम् उपयोग गराउन नसक्नु ।
– पाडी बाच्छीहरुलाई उचित ढंगले हुर्काउन नसक्नु ।
– अनुत्पादक गाईहरु लाई उचित व्यवस्थापन गर्न नसक्नु ।
– व्यवस्थित उन्नत गाईभैंसी श्रोत केन्द्र को विकास गर्न नसक्नु ।
– घास खेतीमा आधारित पशुपालनमा जोड दिन नसक्नु ।
– युवाहरुलाई व्यवसायिक पालन प्रति आकर्षित गर्न नसक्नु ।

(९) दूधालु पशुको उत्पादकत्व बढाउने उपायहरु ÷सुझावहरु ः
– उन्नत नश्लका पशुको संख्यामा बृद्धि गर्नु पर्ने ।
– दुधालु गाई भैसी नश्ल सुधार कार्यधक्रम (म्ऋद्यन्क्ष्ए ) प्रभावकारी रुपमा पुनः संचालन गर्नु पर्ने ।
– दूध उत्पादन लागत घटाउने उपायहरु अवलम्बन गर्नु पर्ने ।
– उचित प्रजनन् व्यवस्थापन गर्नु पर्ने ।
– असल पशुपालन अभ्यास (न्ज्ए ) अवलम्बन गर्नु पर्ने ।
– पशु आहारा तथा पोषणको उचित प्रबन्ध मिलाई उपलब्ध गराउनु पर्ने ।
– आधुनिक प्रविधिको अवलम्बन गर्नु पर्ने ।
(१०) निष्कर्ष ः
नेपाल सरकार (मन्त्रिपरिषद )को मिति २०७२ पौष ९ गतेको निर्णयद्वारा पशु पन्छी विकास मन्त्रालयको गठन भई मिति २०७२ पौष १३ गते देखि कार्य प्रारम्भ भयो । पशु पन्छी विकास मन्त्रालयले ४० बुंदे प्रतिबद्धता पत्र मार्फत र नेपाल सरकारको आ.व. ०७३÷ ०७४ को बजेट बक्तव्य मार्फत एक बर्षमा अण्डामा, दुई बर्षमा मासुमा र तीन बर्षमा दूधमा आत्मनिर्भर बनाउने लक्ष लिएको छ ।
मासु तथा दूधमा आत्मनिर्भर हुनको लागि गाईभैंसी पालनमा प्राकृतिक तथा कृत्रिम गर्भाधानको माध्यमबाट हाल गाईमा १३% र भैंसीमा २५% रहेको उन्नत जातलाई बृद्धि गरी ५०% पु्याउनु अपरिहार्य छ । हाल कृत्रिम गर्भाधान स्थानीयमा भन्दा उन्नत तथा बर्णशंकरमा बढी हुने गरेकोले अब स्थानीय जातका गाईभैंसीमा बढी जोड दिनुपर्ने देखिएको छ । स्थानीय जातका गाईभैंसीको उत्पादकत्व बृद्धि नगरी तोकिएको समय सिमा भित्र तोकिएको लक्ष पुरा गर्न गाह्रो छ । उन्नत गाईभैंसी बृहत श्रोत केन्द्र तथा मध्य पहाडी लोक मार्ग तथा हुलाकी मार्ग बजार केन्द्र लक्षित एकिकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम दूध उत्पादनको लागि जीवन रेखा सावित हुन सक्दछ ।
हाल करिब ३५०० व्यवसायिक गाईभैंसी फार्म रहेका छन् । व्यवसायिक गाईभैंसी फार्म नभएका जिल्ला अछाम, हुम्ला, डोल्पा, जाजरकोट र मनाङ रहेका छन् तर जाजरकोट र अछाममा गाईभैंसी फार्म स्थापना गर्न संभावना रहेको छ । साथै पोसिलो हरियो घांसमा आधारित गाईभैंसी पालनमा जोड दिनु पर्ने र कुसल पशुपालन अभ्यास (न्ययम ज्गकदबलमबचथ एचबअतष्अभ(न्ज्ए ) वा कुसल व्यवस्थापन अभ्यास ( न्ययम ःबलगाबअतगचष्लन एचबअतष्अभ(न्ःए ) अवलम्बन गर्नु पर्ने अपरिहार्य देखिएको छ । यसैको माध्यमबाट मात्र “गोठ देखि ओठ सम्म स्वच्छ र स्वस्थ दूध उत्पादन” नारा सार्थक हुन पुग्ने छ ।

सन्दर्भग्रन्थ ः
(१) नेपालका रैथाने घरपालुवा जनावरहरु ः एक परिचय,नेपाल कृषि अनुसन्धान परिषद,राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान, पशु प्रजनन महाशाखा, खुमलटार ललितपुर,२०१२
(२) पौडेल,श्री रुद्र प्रसाद–सफा दूध उत्पादन प्रविधि, सामुदायिक पशु विकास आयोजना हरिहरभवन, ललितपुर
(३) पौडेल, श्री रुद्र प्रसाद–व्यवसायिक गाईभैंसी पालन प्रविधि, सामुदायिक पशु विकास आयोजना , हरिहरभवन, ललितपुर
(४) नेपालमा भैंसीपालन व्यवसाय, नेपाल कृषि अनुसन्धान परिषद, FFIL CR M ALSCC INPB Nepal Research Project  खुमलटार ललितपुर,२०७१,मंसीर
(५) पौडेल, डा. लोकनाथ – पशुहरुको नश्ल सुधारमा छनौटको आधारभूत अवधारणा र महत्व, केन्द्रीय गाईभैंसी प्रवद्धन कार्यालय, हरिहरभवन, ललितपुर आ.व. २०६७÷०६८
(६) दुधालु गाईभैंसीको नश्ल सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०६८, केन्द्रीय गाईभैंसी प्रवद्धन कार्यालय, हरिहरभवन, ललितपुर
(७) पौडेल, डा. लोकनाथ ÷ पाण्डे,डा. किरण, गाईभैंसीव्यवसाय सम्बन्धित प्राविधिक लेख रचनाहरुको संक्षिप्त संगालो, केन्द्रीय गाईभैंसी प्रवद्धन कार्यालय, हरिहरभवन, ललितपुर, २०६९
(८) निर्मल, डा.विमल कुमार÷महतो,शिवनाथ÷सापकोटा, डा.खगेन्द्रराज—पशु प्रजनन् विकृति ः उपचार तथा निवारण पशु सेवा तालिम तथा प्रसार निर्देशनालय हरिहरभवन ललितपुर २०७१
(९) नाथ, बासुदेव –नेपालमा पाईने गाईभैंसीका जातहरु, डेरी समाचार चौमासिक वर्ष २३ अंक ३ पूर्णाङ्क९४,२०७२ चैत्र–२०७३ असार केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालय हरिहरभवन, ललितपुर
(१०) बार्षिक प्रगति तथा प्राविधिक पुस्तिका आ.व.०६९÷०७० र आ.व.०७१÷०७२ केन्द्रीय गाईभैंसी प्रवद्धन कार्यालय, हरिहरभवन, ललितपुर

(११)   Livestock Statistics Of Nepal 2015/2016 ( 2072/073 ) Department of Livestock Services Statistics Section, Hariharbhawan, Lalitpur

(१२)  Livestock Statistics Of Nepal 2011/2012 ( 2070/071 ) Department of Livestock Services Statistics Section, Hariharbhawan, Lalitpur

(१३)   ANNUAL TECHNICAL REPORT 2068/069, 070/071, 071/072 National Livestock Breeding Center (NLBC) Lampatan,Pokhara

(१४)  NSR Sastry÷ CK Thomas, Farm Animal Management, VIKAS PUBLICATION HOUSE PVT LTD New Delhi, 1981

लेखक  बासुदेव नाथ केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालय, हरिहरभवन, ललितपुरका पशु विकास अधिकृत हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी