मेयर पदमा ३ मत मात्रै ल्याएपछि एक पराजित उम्मेदवारले गरे आफ्नै श्राद्ध

मेयर पदमा ३ मत मात्रै ल्याएपछि एक पराजित उम्मेदवारले गरे आफ्नै श्राद्ध

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

मकवानपुर । नेपाली समाजमा ज्युदाे मान्छेकाे श्राद्व गरिदैन ।  श्राद्ध सम्झने वित्तिकै वितेका आफन्तलाई स्मरण गर्दै गरिने एउटा पवित्र कार्यको रुपमा बुझिन्छ । कसैले आफ्नै श्राद्ध गर्यो भन्ने सुन्दा विश्वास गर्ने कुरा पनि होइन । तर भयो त्यस्तै ।

गएको मंगलबार हेटौँडा-२ मा पहिलो चरणको स्थानीय चुनावमा मेयर पदमा उम्मेदवारी दिएर पराजित ४७ वर्षका राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरे ,त्कायाे पनि सबै बिधि पुर्याएरै ।  यसअघि नेपालका नाम चलेका नेता र ६०१ सभासदको श्राद्ध गरिसकेका गएको दुई वर्षदेखि हेटौँडामा बस्दैअाएका बर्दिया गुलरिया नगरपालिका–६ का बासिन्दा राकेशकुमार शर्माले आफ्नै श्राद्ध पनि गर्न भ्याए ।

उहाँको श्राद्ध पण्डित डिकनाथ पौडेलले गरेका थिए ।   यसअघि २०७२ को संविधान मरिसकेको भन्दै श्राद्ध गरेका शर्मा यही संविधान अनुसार २०७४ वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा हेटौँडाको मेयर पदमा उम्मेदवारी दिएका थिए । तर उनलाइ जनताले रूचाएनन्र ।     निर्वाचनमा उनले दुई अंकको मत समेत ल्याउन सकेनन् ।

संविधान मरेको घोषणा गर्ने आफूले नै निर्वाचनमा उम्मेदवारी दिएकोमा आत्म आलोचन गर्दै आफ्नो श्राद्ध गरेको उनकाे भनाइ छ । उनलेआफू जिवितै रहँदा श्राद्ध गर्ने प्रचलन रहेको समेत बताए । आफूलाई हिन्दु राष्ट्र र राजसंस्थाको पक्षपाति बताउँदै शर्मा विभिन्न समयमा यस्तै खाले गतिविधि गरेर  नै चर्चामा अाउने गरेका छन्र ।  उनले कही समय अघि एक सहकारी र विद्यालय विरुद्ध पनि यस्तै प्रचार गरेका थिए  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी