शिक्षासम्बन्धी समाचारमा नीतिगत विषयको प्राथमिकता

शिक्षासम्बन्धी समाचारमा नीतिगत विषयको प्राथमिकता

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, २० असार । आमसञ्चार माध्यममा शिक्षासम्बन्धी नीतिगत विषयले बढी स्थान पाउने गरेको पाइएको छ ।

शिक्षा पत्रकार समूहले राजधानीबाट प्रकाशित प्रमुख दैनिकमा सम्प्रेशित शिक्षासम्बन्धी समाचारका अन्तर्वस्तुमाथि गरेको एक अध्ययनले विद्यमान नीतिको कार्यान्वयन नहुँदा नीतिगत स्पष्टताको अभावमा उत्पन्न समस्याले स्थान पाएको देखाएको छ ।

गत २०७३ साल भदौदेखि माघसम्मको अवधिमा छ वटा दैनिक पत्रिकाका शिक्षासम्बन्धी समाचारमाथि गरिएको सो अध्ययनमा शिक्षाका नीति निर्माण, शिक्षामा अनियमितता, जवाफदेहिता, परीक्षा, पाठ्यक्रम, शिक्षक व्यवस्थापन, छात्रवृत्ति, विद्यालय भर्ना अभियानजस्ता विषयले बढी स्थान पाएको देखिन्छ ।

अध्ययनका संयोजक एवम् समूहका महासचिव शेषकान्त पण्डितले सो अवधिमा काठमाडौँ बाहिरको समाचारले बढी स्थान पाएको र आलेखको तुलनामा घटनाप्रधान समाचार बढी पाइएको बताउनुभयो ।

अध्ययनमाथि विभिन्न सञ्चार माध्यमका समाचार प्रमुख तथा डेस्क सम्पादकले टिप्पणी गर्दै शिक्षामा मानवीय रुचि र नीतिगत रुपान्तरणमुखी समाचार कम पाइएको स्वीकार गर्नुभयो ।

वरिष्ठ पत्रकार एवम् इनेपाली खबरडटकमका प्रधानसम्पादक कपिल काफ्लेले राजनीतिलाई मात्र बढी प्राथमिकता दिने सञ्चारमाध्यमको प्रवृत्तिमा परिवर्तन आउन थालेको बताउँदै अन्तर्राष्ट्रिय र राष्ट्रिय लक्ष्यपूर्तिका लागि शिक्षा पत्रकारले वकालत गर्न सक्ने आँैल्याउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)का प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतले धेरै स्रोतसँग पहुँचमा पुगी खोजमूलक शैक्षिक समाचार बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

गोरखापत्र दैनिकका प्रमुख समाचारदाता जुनारबाबु बस्नेत, कान्तिपुर दैनिकका वरिष्ठ सहायक उपसम्पादक यादव थपलिया, दी हिमालन टाइम्स दैनिकका प्रमुख समाचारदाता सबिन आचार्य, सिकाइ अनलाइनका सम्पादक सुदर्शन घिमिरे, नेपाल खबरअनलाइका सम्पादक नारायण अमृत, आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देल, इडियुखबरका सम्पादक श्रीधर पौडेल, इजुकेसन पेजेजका सम्पादक लवराज ओली, राससका राजाराम कार्की, प्रकाश सिलवाल, अनुसन्धानकर्ता विवेक लुइँटेललगायतले यस्ता अध्ययनलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

समूहका अध्यक्ष दीपक दाहालले शिक्षाका विषयले प्राथमिकता पाइरहे पनि सकारात्मक परिवर्तनका लागि प्रभाव पार्ने खोजमूलक समाचार अझै आउन नसकेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी