निजी वायु कम्पनीले आन्तरिक भाडा घटाए ,हेर्नुस् कहाँ देखि कहाँ सम्मको भाडा कति पुग्यो ?

निजी वायु कम्पनीले आन्तरिक भाडा घटाए ,हेर्नुस् कहाँ देखि कहाँ सम्मको भाडा कति पुग्यो ?

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, २० असार । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् ।

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो ।

निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले राससलाई जानकारी दिनुभयो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु चार घटाएर रु ८२ बनाएको थियो ।

यही असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिनुभयो ।

नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा रु सात हजार १०४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा रु सात हजार २०० थियो ।

त्यस्तै भद्रपुरको भाडा रु आठ हजार ६७६, भैरहवाको रु पाँच हजार ९१३, धनगढीको रु १२ हजार १९ र नेपालगन्जको रु आठ हजार ३६५ पर्छ । यसअघि भद्रपुरको रु आठ हजार ७००, भैरहवाको रु छ हजार, धनगढीको रु १२ हजार २०० र नेपालगन्जको रु नौ हजार ५०० थियो ।

त्यसैगरी पोखरा जान पहिला रु चार हजार ७०० तिर्नुपथ्यो भने अब रु चार हजार ६३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान रु तीन हजार ९४८ लाग्नेछ । पहिला यही रुटमा रु चार हजार लाग्थ्यो ।

सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने रु ४० मात्र घटेको छ । सिमरा जान पहिला रु तीन हजार ४५ लाग्थ्यो भने अब रु तीन हजार पाँच तिरे पुग्छ । भरतपुर जान रु तीन हजार ३५३ लाग्छ । पहिला रु तीन हजार ५०० थियो ।

तुम्लिङ्टारको भाडा रु पाँच हजार ७०० बाट घटाएर रु पाँच हजार ६२३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि रु ११ हजारबाट घटाएर रु १० हजार ८६२ कायम गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी