बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजाई गर्दै रौनियार, अस्पताल धरापमा पर्ने खतरा

बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजाई गर्दै रौनियार, अस्पताल धरापमा पर्ने खतरा

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

धरान २० असार । लामो प्रयास पछि काग्रेस नेता कृष्ण सिटौला देखि श्वास्थ्य मन्त्री गगन थापालाई सम्म प्रभावमा पारेर चैत्र २० , २०७३ गते उपकुलपति बनेका डा. राजकुमार रौनियारले नेपालकै ठूलो अस्पताल बन्ने तयारीमा रहेको धरान स्थित विपी कोईराला श्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ठूलो आर्थिक चलखेल गरेर डुबाउने खतरा बढेको भन्दै चिकित्सकहरले चिन्ता गर्न थालेका छन् । करीब २ दशक अघि बेलायत सरकारले निर्माण गरिदिएको यो अस्पताल ६५ विघा क्षेत्रफलमा फैलिएको छ । अनुकुल वातावरण, व्यवहारीक संरचना जस्ता कुराले चर्चामा रहे पनि अहिले सर्वसाधरण समेत यसको सेवाबाट असन्तुष्ट बन्न थालेका छन् । दैनिक २ हजार सम्म विरामी यस अस्पतालमा आउने गर्दछन् ।

सरकारले प्रतिष्ठानका लागि चालु खर्च र पुजिगत खर्च अन्र्तगत वर्षेनी करोडौं अनुदान दिएपनि प्रतिष्ठानका उपकूलपति र डाइरेक्टरले अस्पतालको स्वास्थ्य सेवा सुधार्नुको सट्टा सरकारको पैसालाई व्यक्तिगत आम्दानी बनाएर मनपरी गर्दै आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उपकुलपति हुदा १४ करोड बुझाएको दावी
डा. रौनियारले उपकुलपति बन्न ठूलै आर्थिक स्रोत खर्च गरेको दावी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी स्रोत बताउछ । उनी काग्रेस निकट राजनीति पनि गर्ने भएकाले झापाका नेता कृष्ण सिटौलाको सचिवालमा लामो सम्पर्क पश्चात उनकै तजविजमा श्वास्थ्य मन्त्री त्यतिखेरका गगन थापालाई मिलाएर उनले नियुक्ति लिन सफल भएको बताईएको छ । अस्पतालमै कार्यरत एक कर्मचारीका अनुसार नियुक्ति पाए पछि सम्पर्कमा नआएको भन्दै गगन थापा समेत रिसाउने गरेका छन् । बताईए अनुसार उनले रिण सापटी र ब्याजमा समेत रकम लिएर बुझाएको बताईन्छ । यद्यपि यस विषयमा जानकारी लिने प्रयास गर्दा रौनियारले फोन उठाएनन् ।
भौतिक संरचना निमार्णमा कसिमन ठेकेदार देखि कन्सलटेन्ट सम्म खाने ?
१६ सय शैयाको नेपालकै ठूलो अस्पताल बनाउने लक्ष्य राखिएको यस अस्पतालको विभिन्न डिपार्ट र शैयाको निर्माणका लागि कन्सलटेन्ट नियुक्त र ठेकेदार चयनका सवालमा निश्चित प्रतिशतको कमिसन रौनियारले माग्ने गरेको खुलेको छ । एक सप्लायर निकट स्रोतले यस्तो कमिसनको बार्गेनिङको आफूसगँ प्रमाण नै रहेको समेत दावी गरेका छन् । अहिले जुनसुकै अवस्थामा काठमाण्डौको केज कन्सलटेन्सीले कन्सलटेन्टको काम पाईरहनुको कारण के हो ? र रसुवा कन्सट्रक्सनले मात्रै निमार्णको जिम्मा पाउनुको पछाडी के छ कारण ? यो ब्ुझन नसकिएको अस्पताल भित्रै कार्यरत कर्मचारी बताउछन् ।


प्रतिष्ठानले यसै आर्थिक वर्षमा निर्माण कार्य सुरु गर्ने गरी जेठ १७ गते २ सय बेड क्षमताको कोर्डियोलोजी सेन्टरको बोलपत्र सार्वजनिक ग¥यो । तर, पुनः असार १६ गते अर्को सूचना प्रकाशित गरी विविध कारणले बोलपत्र रद्द गरिएको जनायो । तर, वास्तविकता १ अर्ब ६२ करोडको लागतमा निर्माण हुने कार्डियोलोजी सेन्टरमा ठेकेदार र कन्सल्टेन्सीसँग कमिसनको कुरा मिलेन । त्यसपछि उपकूलपतिले टेण्डर रद्द गरे । स्रोतका अनुसार रौनियारले केही ठेकेदारलाई १५ प्रतिशत दिए काम हुने नत्र नहुने भन्दै वार्गे्निङ गरेका छन् । ‘हामीले ८ प्रतिशत सम्म दिने कुरा गरेकै हो, उहाँले १५ प्रतिशत भए काम गरौँ नत्र हुँदैन भन्नु भयो, हामीले सक्दैनौं भनेर हात झिक्यौं ।’ काठमाडौँका एक ‘क’ वर्गका एक ठेकेदारले नाम नबताउने सर्तमा भने ।
डा. रौनियारको वार्गे्निङले प्रतिष्ठानमा आउन लागेको कार्डियोलोजी सेन्टर अलपत्र परेको छ नै, सरकारले त्यसकै लागि भनेर यस आर्थिक वर्षमा छुट्याएको १७ लाख बजेट पनि फिर्ता जाने अवस्थामा छ । कार्डियोलोजी सेन्टरका लागि सरकारसँग कुनै बजेट नभईकन डा. रौनियारले अर्थ मन्त्रालयका केही सहसचिव तहका कर्मचारीलाई प्रभावमा पारेर पैसा निकासा गर्ने दाउ गरे पनि फेल खाएका छन् ।

नियुक्ति पत्र बिनै हाजिर गर्दैछन् डाईरेक्टर शाह
सरकारले स्वास्थ्य सेवा सुधार्न र प्रतिष्ठानमा निर्माण हुने भौतिक संरचनाका लागि विनियोजन गरेको रकममा प्रतिष्ठानका उपकूलपति प्रा.डा. राजकुमार रौनियारको हालिमुहाली छ । भने, उनलाई प्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएका छन् रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, भर्खरै नियुक्त भएका अस्पताल निर्देशक डा. गौरी शङ्कर शाह । पछिल्लो जानकारी अनुसार डा. गौरीशंकर शाहले सरकारले अस्पताल निर्देशक नियुक्त गर्दा दिएको पत्र अहिलेसम्म प्रतिष्ठानको प्रशासनलाई बुझाएका छैनन् । उनी अस्पताललाई पत्र नै नबुझाई हाजिरी पकाउँदै छन् ।
‘सरकारले दिने अनुदान, विद्यार्थीको शुल्क तथा अस्पताल सेवाबाट आउने आम्दानी समेत प्रस्ट नहुँदा प्रतिष्ठानमा आएका पदाधिकारीलाई प्रतिष्ठान लुटि खाने भाँडो भएको छ’
प्रतिष्ठानले पछिल्ला तीन वर्षमा जति सेवा सुविधा विस्तार ग¥यो त्यही विस्तारित सेवालाई निरन्तरता दिन र नयाँ सेवा सुचारु गर्न उपकूलपति असफल भएका छन् ।
अहिले कमजोर व्यवस्थापनका कारण प्रतिष्ठानले दिँदै आएको स्वास्थ्य सेवा गिर्दो छ । एक वर्ष अघिसम्म इमरजेन्सी सेवालाई मुलुककै व्यवस्थित र उच्चस्तरीय भनिन्थ्यो । अहिले एउटा शौचालय समेत व्यवस्थित गर्न सकेको छैन । बिरामीलाई बेडको अभाव छ, भुईमा राखेर उपचार गरिन्छ ।
प्रतिष्ठानमा १२ ओटा आइसियू कक्ष छन् । आइसियू कक्ष विस्तार नगर्दा पूर्वाञ्चलका गम्भीर प्रकृतिका बिरामीलाई ठुलो मर्का परेको छ । उपकुलपति डा. रौनियार आइसियू र एनआइसियू कक्ष विस्तार गर्नुको सट्टा गम्भीर आइसियू एनआइसियूमा आउने बिरामीलाई विराटनगरका निजी अस्पतालहरुमा पठाउँदै कमिसन खाने धन्धामा लागेका छन् । ६ ओटा एनआइसियूमा सबै वेड राम्ररी सञ्चालन हुँदैनन् । डायलाईसिस कक्षका ६ ओटा बेडमा बिरामीको भिड थामिन सक्नुको छ । अन्य तिर सेवा विस्तार गरेर आम्दानी बढाइन्छ, तर, प्रतिष्ठानमा आम्दानी घटाइन्छ ।
भौतिक सम्पत्ति के कहाँ छ ?
प्रतिष्ठान हाताभित्र केही व्यापारीलाई सेटिङमा अस्पताल फार्मेसी देखि ब्यूटी पार्लर, कुरियर्स सेवा, स्टेशनरी, किराना पसल र होटेल समेत सञ्चालन गर्न दिइएको छ । भवन र सटरबाट वार्षिक लाखौँ रुपैंया आम्दानी हुने गरे पनि प्रतिष्ठानले कौडीको भाउमा दिएको छ । प्रतिष्ठान हाताभित्रका भौतिक सम्पत्ति के कस्तो अवस्थामा छ प्रतिष्ठानको कुनै विभागलाई थाहा छैन ।
काठमाडौँका एक ठुला मेडिकल उपकरण आयातकर्ताले डा. रौनियार प्रतिष्ठानमा हुँन्जेल प्रतिष्ठानमा पाइलै नटेक्ने कसम खाएका छन् । ‘म सिधा हिसाबले काम गर्ने मान्छे हुँ, मलाई वीपी नहुँदा पनि केही हुन्न तर, रौनियार रहुन्जेल प्रतिष्ठान टेक्दिन’ ती व्यापारी भन्छन् ।
अहिले रौनियारको कमजोर व्यवस्थापन र आर्थिक स्वार्थ देखे पछि विभागीय बिशेषज्ञहरु राजीनामा दिन शुरु गरेका छन् ।

कर्मचारीहरुले या त राजकुमारले राजीनामा दिनु पर्ने या त व्यवस्थापनमा सुधार गर्नु पर्ने भन्दै आन्दोलनको मनस्थितिमा पुगेको बताउन थालेका छन् । यस सम्बन्धि थप विवरण अर्को अंकमा प्रकाशित गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी