नयाँ क्षेत्र पहिचान गरी नेपालीलाई रोजगारीको अवसर दिन जापानसँग आग्रह

नयाँ क्षेत्र पहिचान गरी नेपालीलाई रोजगारीको अवसर दिन जापानसँग आग्रह

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, १९ असार । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग भएको शिष्टाचार भेटवार्तामा नेपाली कामदारले बढी जापानमा जाने इच्छा बढी गरेकाले नयाँ क्षेत्र पहिचान गरी तिनलाई रोजगारीको अवसर प्रदान गराउन राजदूतमार्फत जापान सरकारसँग आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा मन्त्री मन्सुरले नेपाल र जापानबीच सन् २००३ मा भएको सम्झौताबमोजिम नेपाली कामदारलाई व्यवस्थित रुपमा जापान पठाउनेसम्बन्धी निर्देशिका तय भई हालसम्म एक हजार ७२८ प्रशिक्षार्थी कामदार जापान गई काम गरिरहेकामा खुसी व्यक्त गरेको मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत ओगावाले नेपाली कामदारलाई जापानमा उल्लेख्य सङ्ख्यामा लैजाने सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी