बाढीका कारण पाँच मेगावाट क्षमताको विद्युत्गृह बन्द

बाढीका कारण पाँच मेगावाट क्षमताको विद्युत्गृह बन्द

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

रसुवा, १९ असार । गएरातिको वर्षासँग मैलुङ र न्यामन्याम खोलामा आएको बाढीका कारण पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्र पूर्णरुपमा बन्द भएको छ ।

मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक प्रमुख शरद बस्यालका अनुसार बाढीले उत्तरगया गाउँपालिका वडा नं १ को मैलुङ दोभानमा रहेको उक्त विद्युत्गृह बन्द भएको हो ।

बाढीले सडक तथा पेनस्टक पाइपलाई समेत क्षति पु¥याउँदा करिब रु १० करोड बराबरको नोक्सानी भएको बताइएको छ । उहाँका अनुसार विद्युत्गृह भने सुरक्षित रहेको छ ।

भत्केका संरचना मर्मत गरी छिटो विद्युत् उत्पादन गर्न प्राविधिक अध्ययन सुरु भइसकेको बस्यालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी