-अर्जुन दाहाल
केहि लिखुरिएको ,
केही रित्तिएको ,
सामन्तीको मिचाईले कपाल झरेको ,
दासताले बोलाउँदा आँखा तरेको ,
कहिले पार्टीका आश्वासन बोक्ने ,
कहिले सभा-समारोह ढुक्ने ,
कहिले उच्चकोटिको नारा भुक्ने ,
अधिकारका सपना बाँड्दै ,
कर्तव्यको पाठ गाउँदै ,
असङ्ख्य निउरिएका शिरलाई हौस्याउँदै ,
पुलिसको जेल देखि राजनितिक खेल सम्म ,
सडक देखी सरकार सम्म ,
टायर बाल्दै , विरोध गर्दै ,
करोडौं जनताको भविष्यलाई आत्मसाथ गरेर ,
समय , ऋतु , जटिलता ,
सबैको आगाडी ,
आमूल परिवर्तनको आशामा ,
उसले चन्द्र-सुर्य अंकित झन्डालाई झुक्न दिएन ।
उ आफैंमा गणतन्त्रको नमुना हो ।
र सायद त्यसैले ,
आज बजारमा हल्ला सुनिएको छ
बिहान निस्किएको छोरो घर फर्किएन ,
पठाएछ एक्लि आमालाई दस लाख
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline