पछिल्लो मतपरिणाम : कुन दलले कति जिते , कहाँ अगाडि छन् ?

पछिल्लो मतपरिणाम : कुन दलले कति जिते , कहाँ अगाडि छन् ?

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ, १८ असार ।
दोस्रो चरणमा गत बुधवार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्य आज पनि जारी छ । अहिलेसम्मको मतपरिणम अनुसार नेकपा एमाले र नेपाली काग्रेसबीच नै कडा प्रतिस्पर्धा देखिएको छ । आइतवार बिहानसम्म प्राप्त मतपरिणम अनुसार नेकपा एमाले ७३ स्थानमा विजयी हुदै अग्रस्थानमा कायम रहेको छ ।
नेपाली काग्रेस ५७ स्थानीय तह जित्दै एमालेलाई पछ्याईरहेको छ भने नेकपा माओवादी केन्द्रले २१ स्थानमा जित हात पारेको छ ।
संघीय समाजवादी फोरम नेपाल एक, राष्ट्रिय जनमोर्चा १ र अन्य पार्टीले १ स्थान जितेका छन् । दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका एक मात्र महानगरपालीका सहित उपमहानगरपालीको मतगणना जारी छ । अहिलेसम्म नतिजा प्राप्त भएका अधिकाशं गाउँपालीका र केहि नगरपालीकाको रहेको छ ।
प्रदेश नम्बर १ मा मत गणना भइरहेका मध्ये ३८ स्थानमा नेपाली कांग्रेस अघि छ । ३७ स्थानमा एमालेको अग्रता छ भने ४ स्थानमा माओवादी केन्द्र अघि देखिएको छ । यस्तै ३ स्थानमा अन्य दल अघि छ भने राप्रपा १ स्थानमा अग्रता लिएको छ ।
प्रदेश नम्बर ५ मा भने नेकपा एमाले र नेपाली काग्रेस २१ ,२१ स्थानमा नै अगाडि रहेका छन् । माओवादी केन्द्रले ८ स्थानमा अग्रता लिएको छ । यस्तै राप्रपाले २ स्थानमा अग्रता लिँदा ९ स्थानमा अन्य दल अघि देखिएको छ ।
प्रदेश नम्बर सातमा नेकपा माओवादी केन्द्रले लिड गरिरहेको छ ।ग माओावादी केन्द्र ११ स्थानमा अगाडि छ भने नेकपा एमालेले १० स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेपाली कांग्रेस ९ स्थानमा अगाडि रहेको छ । गएरातिसम्म उक्त प्रदेशमा काग्रस नै अगाडि रहेको थियो । २ स्थानमा अन्य दलको अग्रता देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ