व्यवसायीको विरोधपछि धितोपत्र बजार प्रभावित

व्यवसायीको विरोधपछि धितोपत्र बजार प्रभावित

  • बिहिबार, असार १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १५ असार । धितोपत्र बजारमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले विरोध जनाएपछि आज सेयर कारोबार प्रभावित भयो ।

बोर्ड र सङ्घबीच वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केपछि बजारमा कारोबार रोकिएको हो । नेपाल स्टक एक्स्चेन्जमा आज सेयर कारोबार हुन नसकेपछि लगानीकर्ता निराश भएर फर्केका छन् । कारोबार सुरु हुने समय बिहान ११ः०० बजे नै सङ्घले विरोध जनाएपछि बजार प्रभावित भएको थियो ।

सङ्घका अध्यक्ष नरेन्द्रजङ्ग सिजापतिले आफूहरु कर तिर्न तयार भए पनि सरकारले सहज वातावरण नबनाएका कारण बजार प्रभावित भएको जानकारी दिनुभयो । उहाँले सरकारले कर तिर्ने वातावरण बनाइदिए आफूहरुलाई आपत्ति नभएको तर विगतको पनि कर तिर भन्नु व्यावहारिक नभएको उल्लेख गर्नुभयो ।
बोर्डका प्रवक्ता नीरज गिरीले भने कुनै पनि समस्या नभएकाले विवाद संवादद्वारा समाधान हुने बताउनुभयो ।

महालेखा परीक्षकको कार्यालयले आव २०६९÷७० देखिको सबै कारोबारको कर तिरेको भन्दै बेरुजुमा राखेपछि आन्तरिक राजस्व विभागले नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घलाई कर तिर्न पत्राचार गरेको थियो ।

राजस्वको पत्र पछाडि व्यवसायीले कर तिर्ने प्रक्रिया मिलाइदिन आग्रह गर्दै आएका छन् । बोर्डले भने अर्थमन्त्रालयसँगको छलफलपछि आवश्यक निर्णय लिइने जनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी