दुई बाली धानको विस्तार : आर्थिक समृद्धिको आधार’,औपचारिक रुपमा धान दिवस सुरु

दुई बाली धानको विस्तार : आर्थिक समृद्धिको आधार’,औपचारिक रुपमा धान दिवस सुरु

  • बिहिबार, असार १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

काठमाडौँ, १५ असार । आजबाट औपचारिक रुपमा धान दिवस सुरु भएको छ । असार १५ को दिनलाई दही चिउरा खाने र मानो रोपेर मुरी भित्र्याउने दिन पनि भनिन्छ ।
कृषि विकास मन्त्रालयले भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलबाट औपचारिक रुपमा धान रोपाइँ सुरु गरेको छ । अनौपचारिक रुपमा किसानले असार १ गतेबाट धान रोपाइँ सुरु गरे पनि रोपाइँ साउन दोस्रो सातासम्म गरिन्छ ।
जिल्ला कृषि विकास कार्यालय, भक्तपुरको आयोजनामा आज १४ँऔँ राष्ट्रिय धान दिवस भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा ‘दुई बाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ भन्ने अभियानका साथ राष्ट्रिय धान दिवस सुरु गरेको हो ।
नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवस मनाउने चलन चलेको हो । गतवर्ष ललितपुरको लेलेमा धान रोपाइँ गरी औपचारिकता प्रदान गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घले सन् २००४ मा पहिलो पटक अन्तराष्ट्रिय धान दिवस सम्पन्न गरेको थियो । सोही दिनलाई नेपालले औपचारिकता प्रदान गर्दै आएको छ ।
आगामी वर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरेको मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले बताउनु भयो । नेपालका प्रमुख छ खाद्यान्न बालीमध्ये धान प्रमुख बाली हो । आव २०७३÷७४ मा १५ लाख ५२ हजार हेक्टर जमिनमा खेती गरी ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
नेपालमा चैते धान, बर्खे धान र घैया धानको खेती गरिँदै आएको छ । धानको उत्पादनमा १० प्रतिशतले वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत बढ्छ । धानको उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ भने घट्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तल झर्छ ।
आव २०७३÷७४ मा रु एक खर्ब चार अर्बको धान उत्पादन भएको थियो । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ भने धानको योगदान २० देखि २१ प्रतिशत छ ।
हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धान उत्पादन कार्यक्रम अगाडि बढेको छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापालाई धान उत्पादनको सुपरजोन क्षेत्र घोषणा गरिएको छ ।
सरकारले किसानलाई बृहत्तर धान उत्पादन कार्यक्रममा सहभागी हँुदा रु ५० हजार, चैते, मसिनो बास्नादार उत्पादनमा रु पाँच हजार दिने नीति लिएको छ । अहिलेसम्म यहाँ ८१ प्रकारका धानका जातको खेती हुँदै आएको छ ।
नेपालमा वार्षिक लगभग ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाउँ नेपालको जुम्ला जिल्लाको छुमचौर हो । त्यहाँ जुम्लीमार्सी धानखेती गरिन्छ । नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी