नेपाल र नेपालीकाे अपमान गर्ने दार्जेलिङ्गका नेपालीभाषी भारतियलाई गोरखाल्याण्ड उचारण गर्ने अधिकार छैन !

नेपाल र नेपालीकाे अपमान गर्ने दार्जेलिङ्गका नेपालीभाषी भारतियलाई गोरखाल्याण्ड उचारण गर्ने अधिकार छैन !

  • आइतवार, असार ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

-विशाल बस्नेत
यतिबेला भारतको दार्जेलिङ्गमा नेपालीभाषी भारतियहरुको आन्दोलनले चरम रुप लिरहेको छ । आफ्नो भाषिक पहिचानका लागी बेनर्जी सरकारको दमनको विरुद्ध आन्दोलन गर्दै गर्दा कयौ निहत्था सर्बसाधारणहरुले ज्यान गुमाइसकेका छन । आन्दोलन चर्कने क्रममा छ तर मागको बिषयमा भारतिय सरकार रमिता बनिरहेको छ । पश्चिम बङगालको बेनर्जी सरकार जबर्जस्त दार्जेलिङ्गको नेपाली भाषा नै लोप हुने गरी बिध्यालयमा बङगाली भाषा अनिबार्य गर्न डटेर लागी परेको छ । यहानिर भारतिय सरकार किन रमिता बनिरहेको छ भन्दा पनी नेपालका नेपलीहरुले किन यति धेरै चासो देखाएका छन भन्ने बिषयले प्रमुख प्राथमिकता पाएको छ । हुन त दार्जेलिङ्गका भारतियहरुको नेपालसग सस्कार मिल्छ,जात मिल्छ, धर्म मिल्छ, सबैभन्दा ठूलो कुरा त भाषा मिल्छ । तर यी सबै मेल खानासाथ राष्ट्रियता पनि मिल्नु पर्छ अनि उनिहरु नेपाली हुनुपर्छ भन्ने कुरा फगत सङ्कुचित सोचाइ मात्र हो । उनिहरु यतिबेला आफ्नै सरकारसग आन्दोलन गरिरहेका छन् र आन्दोलन गर्न पाउनु पनि पर्छ ।
आन्दोलन गर्दै गर्दा नेपालीहरुको पनि यो स्वाधिन्ता र प्रतिष्ठासग जोडिएको लडाइ हो भनेर सोच्ने र समाजिक सन्जालमा बहस गर्ने नेपाली बौदिकहरुको दिमाख जरुर खोलिनु पर्ने अबस्था आएको छ । नेपाली भाषा बोल्ने सबैलाइ नेपालभित्रका नेपाली हुन भन्ने दृष्टीकोण नहटाउदा बिगतमा पनि नेपालले धेरै आरोह-अबोरह नझेलेको हैन । भुटान सरकारले नेपाली भाषीमाथी चरम दमन गरेपछी हजारौ नेपाली भाषी भुटानीहरु नेपालमा शरण लिन आएको पनि यति चाडै भुल्न हुदैन । बास्तबमै हो । जायज मागहरुलाइ जुनसुकै देशको सरकारले सम्बोधन गरिदिनुपर्छ,त्यो देशका नागरिक आन्दोलनका नाममा ज्यान गुमाउन हुदैन ,दमनमा पर्न हुदैन । एउटा मानबियताको हैसियतले सोच्नु अनिबार्य हो । तर नेपाली भाषीहरुको लडाइ नेपालको लागी हो अनि हाम्रो पनि लडाइ हो भन्ने सोच्नु भने मुर्खता देखिन्छ । हो नेपाली भाषा र साहित्यमा इन्द्र बहादुर राई, लैनसिह बाङदेल जस्ता थुप्रै साहित्यकारको अ्मूल्य योगदान छ । तर लैनसिह बाङदेल, इन्द्र बहादुर राइहरुले आफ्नो रचना नेपाल र नेपालीहरुको योगदानका लागी फुराएका हुन विस्फोट गराएका हुन भन्ने सोच्नु पनि मुर्खता नै हो । नेपाली भाषामा थुप्रै साहित्य दार्जेलिन्ङ्ग, सिकिम्म,आसामका मेघालयका स्रष्टाहरुको प्रख्यात भएतापनी वातावरण र परिबेश दार्जेलिङ्ग ,सिकिम्म,असाम नै घुमेको देखिन्छ । यसैले नेपाली भाषाकै कारण पाठकहरु नेपालमा धेरै भएका हुन, अपनत्व मात्र महसुस गरेका हुन ।
दार्जेलिङ्गको आन्दोलनले नेपालमा के असर पर्छ । दार्जेलिङ्ग का भारतियहरुले जतिसुकै आफुहरु नेपाली हैनौ, भारतिय गोर्खाल्याण्ड स्थापनाका खातिर आफ्नो आन्दोलन भएको दाबी गरेतापनी नेपाल नभै उनिहरुको केही हल्लनै सक्दैन। नेपालका भुगोलहरुमा नाता स्थापित गरि कयौ दार्जेलिङ्ग बासी भारतियहरुले नेपाली नागरिकता बनाएका छन । यतिसम्म कि दार्जेलिङ्ग का युबायुबतीहरु बैदेशिक रोजगारमा जान समेत नेपाली पासपोर्ट प्रयोग गर्दै आएका छन । झापाका कतिपय भुगोलमा उनिहरुले बसाइसराइलाइ समेत तिब्र बनाएका छन् । यदपी भारतले उनिहरुलाइ गर्ने दमन तिब्र बनाए शरण लिने ठाउँ नेपाल नै हो भन्ने कुरा पनि उनिहरुलाइ थाहा छ । यसो भनिरहदा उनिहरुले हाम्रो आन्दोलन नेपालका लागी हो, हाम्रो आन्दोलन नेपालको प्रतिष्ठासग जोडिएको छ भनेर भन्नू पर्छ भनेर भन्न खोजिएको हैन तर सामाजिक सन्जालमा नेपालीहरुले देखाएको साहानुभुती र अपनत्व ग्रहण गर्ने क्षमता राख्न सक्नु पर्थ्यो । नेपालभित्रका नेपालीहरुको एक्यवद्धता र सहानुभुतीलाइ बिरोध जनाउने दार्जेलिङ्गका भारतियहरु बास्तबमै न नेपाली हुन न त नेपाली नै बन्न सक्छन । बरु नेपालका भुगोलमा छिरेर नागरिकता बनाएका दार्जेलिङ्गका भारतियहरुलाइ सरकारले छनबिन गर्ने हैसियत राख्नु पर्छ । नत्र सामाजिक ,आर्थिकं, राजनिती जस्ता सङकटले नेपालभित्र तिब्ररुप लिनेमा कुनै दुइमत छैन । भारतभित्र दार्जेलिङ्ग बासीहरुको सरकार बिरुद्द गरेको आन्दोलनले सार्थकता पाउनुपर्छ यो हामी सबैको मत हो तर उनिहरुलाइ नेपालीभाषी भएकै कारण नेपाली नै हुन भन्ने सोच जरुर परिबर्तन गर्ने अबस्था आएको छ नत्र नेपालभित्रका भाबी सन्ततीहरुले बिकराल समस्या भोग्नु पर्नेमा कुनै दुइमत छैन । नेपालभित्रका मधेसीहरु सच्चा नेपाली हुन । नेपालभित्र पनि भाषाको आन्दोलन गरिरहेका मधेसिहरुको भाषिक मुद्दालाई कतिपयले दार्जेलिङ्गसग तुलना गर्न लागेका छन ।
भारतले नेपालका मधेसीहरुलाइ आफ्ना आदीबसी भनेर दाबी गर्नु र दार्जेलिङ्गका नेपालीभाषीहरुको आन्दोलनको रमिता बन्नुलाइ बडो अर्थपुर्ण ढङ्गले समेत हेरिन थालेको छ । कुनै पनि देशभित्र बसोबास गरि फरक भाषा बोल्ने कोहि पनि नागरिक अन्य देशका हुन नै सक्दैनन । नेपालभित्रका मधेसिहरुको भाषा र सस्कार भारतियहरुसग मिल्नासाथ भारतले आफ्ना नागरिक भनेर दाबी गर्नु र मधेसीहरुको आन्दोलनमा सहानुभुती देखाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु कुनै पनि कोणबाट अर्थपुर्ण देखिदैन । अनि भारतको सहानुभुतीले मधेसीहरुको मुद्दालाई कुनै लछारपाटो लगाउन पनी सक्दैन । यस्तै दार्जेलिङ्गका भारतियहरुको भाषा र सस्कार नेपाल र नेपालीसगै मिल्छ भन्दैमा हामी कसैको पनि उनिहरुको आन्दोलनमा चासोको बिषय बन्न हुदैन,बनाउन दिन पनि हुदैन नत्र भारत र नेपालको मित्रतामा झन दरार र कटुता पैदा हुन सक्छ । नेपालभित्र चाहे भोजपुरी बोल्ने हुन, चाहे हिन्दी भाषा बोल्ने हुन, चाहे जुनसुकै भाषा बोल्ने हुन नेपाली भुगोलभित्र बसोबास गर्ने नागरिक नेपाली नै हुन अन्य देशका नागरिक बन्न नै सक्दैनन । नेपालको आन्तरिक मामिलामा भारतले पटक -पटक हस्तक्षेप गर्दै आएको धुर्बसत्य नै हो । विशेषगरि मधेसका मुद्दाहरुलाइ उचालेर भारत त्यस्को फाइदा लिन चाहन्छ । यसकी फलस्वरुप मधेसभित्र आफुहरुलाइ नेपाली नदेख्ने सिके राउतहरुको जन्म भएको छ । यदपी यो बिचमा फरक छुट्याउने हो भने दार्जेलिङ्ग का नेपाली भाषीहरुको नेपालसग रहनसहन,सस्कार,परम्परा,भाषा मिलेकै कारण र नेपालका मधेसीहरुको भारतसग सस्कार,भाषा मिलेकै कारण अपनत्व र नजिकपना महसुस गर्नु स्वभाबिक नै हो । तर अपनत्व मनमा राखेर मधेसीहरु नेपाली नै हुन दार्जेलिङ्ग बासीहरु भारतिय नै हुन भन्ने कुरालाइ न सरकारले भुल्न हुन्छ न त नागरिकले नै । भारतिय गोरखाल्याण्डको माग नेपालको स्वाभिमानका लागि घातक तर दार्जेलिङ्ग बासीहरुले जुन भारतिय गोर्खाको आवाज उठाएका छन त्यो नेपाल र नेपालीका लागी अत्यन्तै आपत्तीजनक छ । नेपाली भाषा बोल्दैमा आफुलाइ गोरखासग तुलना गर्नु नेपालीहरुको स्वाधिन्तालाई दार्जेलिङ्गका भारतियहरुले धावा बोलिरहेका छन । उनिहरु भारतिय नै हुन भारतकै प्रतिष्ठा खोज्न सक्नु पर्छ । नेपालको स्वाभिमानमाथीको गोर्खालाइ अपहरण गरेर भारतिय गोर्खाल्याण्ड भनेर भारत सरकारसग न्याय खोजिनु नेपालको अस्तित्व र स्वाभिमानलाइ खिल्ली उडाइरहेको महसुस गर्न सकिन्छ । नेपाली भाषा बोल्नासाथ,सस्कार मेल खानासाथ नेपालभित्रको पहिचानलाइ टिपेर आफुलाइ जोड्न खोज्नु कदापी राम्रो पक्ष मानिदैन ,हरेक नेपालभित्रका स्वाभिमानी नेपालीकालागी यो असहय बन्न सक्नु पर्छ । गोर्खाली नेपाल भित्रका नेपालीहरुको पहिचान हो, पृथ्वी नारायण साहले आर्जेको गौरब हो । भारतिय भुगोलभित्र बसेर गोर्खाल्याण्ड खोजिनु दार्जेलिङ्ग बासी नेपाली भाषीहरुको माग कुनै पनि हलतमा न्यायसङगत बन्न सक्दैन । उनिहरुको पहिचान भारतभित्र खोजिनु पर्छ ताकी नेपालको गौरबपुर्ण सान गोरखाल्याण्डलाइ नेपालबाट टपक्क टिपेर भारत सरकारसग आफ्नो पहिचान जोड्न चाहन्छन भने त्यो कोहिपनी स्वाभिमानी नेपालीकालागी मान्य हुन सक्दैन । 
 सम्पादक -याे लेखककाे ब्यात्तिगत विचार हाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी