काठमाडौ १० असार ।
रुसमा जारी फिफा कन्फेडेरेशन कप फुटबल प्रतियोगितामा आज समुह ए अन्तरगतका को दुई खेल हुदैछन् ।
आज आयोजक रुसले मेक्सिकोसँग प्रतिस्पर्धा गर्दा न्युजिल्याण्डले पार्चुगलको सामना गर्नेछ । दुवै खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
चर अंक सहित समुहको शिर्ष स्थानमा रहेको मेक्सिको घरेलु टोलीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्ने दाउमा रहेछ ।
रुस भने घरेलु मैदान र दर्शकको फाइदा उठाउने दाउमा छ । यद्यपी यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार बेहोरेको रुसलाई अघिल्लो चरणमा प्रवेश गर्न आज जित्नैपर्ने दवावमा छ ।
शिर्ष स्थानको मेक्सिकोलाई भने प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आज बराबरी मात्रै गरेपनि पर्याप्त हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline