काडमाडौँ, ८ असार । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ ।
नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५५९ बिन्दुमा पुगेको छ ।
लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य अङ्कले बढेको हो । ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.१५ बिन्दुले बढेको छ ।
स्टकका अनुसार कुल १३९ कम्पनीको १५ लाख ७७ हजार ७०७ कित्ता सेयर रु ६७ करोड १८ लाख १९ हजार ८५५ मा कारोबार भएको हो ।
धितोपत्र बजारमा आज बिमा समूहको मात्रै सेयरको मूल्य घटेको छ । सो समूहको ३३.७५ बिन्दुले सेयर मूल्य घटेको छ ।
यस्तै बैंकिङ ६.०१, होटल १९.८६, विकास बैंक ११.३६, जलविद्युत् १२.७३, फाइनान्स ३.८४, उत्पादन ३.४९ र अन्य समूह ०.२९ बिन्दुले बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline