सुन्दर मनाङ,आन्तरिक पर्यटकको रोजाइमा

सुन्दर मनाङ,आन्तरिक पर्यटकको रोजाइमा

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 22.5K
    SHARES

बेसीसहर , असार ७ । हिमालपारीको जिल्ला मनाङ आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । जिल्लामा मोटरबाटो बनेपछि आन्तरिक पर्यटक सवारी साधनबाट आउने क्रम बढेको हो ।

बिदा मनाउन र घुमघाम गर्नका लागि युवायुवती मोटरसाइकल तथा अन्य सार्वजनिक सवारीसाधन चडेर मनाङसम्म आउने आन्तरिक पर्यटक बढिरहेको छ

मनाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित हिमालपारीको सुन्दर जिल्ला हो। नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्ला अर्थात् “क” वर्गको जिल्लाको रूपमा मनाङ पर्दछ।।

माथिल्लो मनाङसम्म मोटरसाइकलमा पुग्न सकिने भएपछि गन्तव्य मनाङ बनाएर अधिकांश आन्तरिक पर्यटक आएको जनाईएको छ । पछिल्लो समय मनाङमा पुगेका पर्यटक सजिलै तिलिचो तालसम्म पुग्ने गरेका छन् ।“मनाङमा अहिले दैनिक काठमाडौँ, पोखरा, बुटवल, चितवन, पाल्पालगायतका स्थानबाट आन्तरिक पर्यटक आउने गरेका छन्” सवारी सञ्चालनमा आएपछि लमजुङबाट पनि मनाङ घुम्न जानेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।”

मनाङको नेस्याङ गाउँपालिकामा रहेको मनाङ गाउँ 

कुल क्षेत्रफल २,२४६ वर्ग कि.मी. ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा रलमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमाचीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ।

जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विषेशताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्। मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटक/पदयात्रीको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो।

जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामाकरण भएको पाइन्छ। मनाङ् शब्द तिब्बती भाषाको “म्हनाङ्” शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ। तिब्वती भाषामा “म्ह”को अर्थ सहायता र “नाङ”को अर्थ देउ भन्ने हुन्छ। बिकट भौगोलिक परीवेशमा रहेको र वाह्य साहयता बिना जनजीवन अतीकष्टकर रहेको भन्ने अर्थमा बुझ्नु पर्ने हुन्छ।

मनाङ पर्यटकका लागि आकर्षण

मनाङको नेस्याङ गाउँपालिकामा रहेको मनाङ गाउँ । यहाँ माटाका घरहरु, अन्नपूर्ण हिम७नतसृङखला, मस्र्याङदी नदीको छेउमा अवस्थित गगांपूर्ण ताल स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षण रहेका छन । – तस्बिर : नवीन लामिछाने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी