वैज्ञानिक समाजवादी सत्तामा मात्र शिक्षा–स्वास्थ्य निशुल्क हुन्छ : वास्तोला

वैज्ञानिक समाजवादी सत्तामा मात्र शिक्षा–स्वास्थ्य निशुल्क हुन्छ : वास्तोला

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

६ असार,काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले राज्यले शिक्षामा व्यापार गर्न दिएर अपराध गरेको बताएका छन् ।
शिक्षा र स्वास्थ्य राज्यले जनतालाई निशुल्क दिने आधारभूत विषय भएको भन्दै नेता वास्तोलाले राज्यसत्ताको चरित्र अनुरुप नै अहिलेको शिक्षामा दलाल पूँजीवादीहरुले व्यापार गर्ने मौका मिलेको बताए । वैज्ञानिक समाजवाद स्थापनाले यो समस्यालाई समाधान गर्न सकिने उनको भनाई छ ।
दलाल पूँजीवादीद्वारा संरक्षित शासक वर्ग रहेसम्म नागरिकले वैज्ञानिक र व्यवहारिक शिक्षा पाउन नसक्ने र ६÷६ महिना शुल्क वृद्धि भइराख्ने बताउँदै त्यसनिम्ति विद्यार्थी, अभिभावक एकजुट भएर निशुल्क गराउन संघर्ष गर्नुको विकल्प नरहेको बताए ।
अखिल क्रान्तिकारीको उपत्यका समन्वय समितिद्वारा मंगलबार अनामनगरस्थित संवाद डबलीमा आयोजित ‘वर्तमान शैक्षिक अवस्था, शुल्क वृद्धि, पैदा भएका चुनौति तथा समाधानका उपाय’बारे अन्तरक्रियामा नेता वास्तोलाले सोक कुरा बताएका हुन् ।
विगतमा विद्यार्थी संगठन र निजी विद्यालय संगठनबीच भएको सम्झौता तत्काल गर्न समेत उनले आग्रह गरे । निजी विद्यालय संचालकहरुले निशुल्क शिक्षालाई निमुख वर्गलाई चर्को मूल्यमा बिक्री गर्ने र त्यसबाट आर्जित नाफाले आफ्ना छोराछोरीलाई विदेश लगेर पढाउने तरिका दलाली चरित्र भएको बताए ।
आफू जागिर सरकारको खाने तर छोराछोरीलाई विदेश र महंगा बोर्डिङमा पढाउने शिक्षक देश भक्त हुन नसक्ने उनको तर्क छ । आफ्ना सन्तान र आफन्तका छोराछोरीलाई विदेश लगेर पढाउने शासक र नेताबाट नागरिकले अपेक्षा गर्नु आनौठो हुने बताए ।
देशको कूल बजेटको २५ प्रतिशत रकम शिक्षा छुट्याएर शिक्षा निःशुल्क बनाउनुपर्ने बताए । शिक्षा र स्वास्थ्यको व्यापार फस्टाउनुमा राज्यको गम्भीर दोष रहेको र अब दलाली–व्यापारीलाई नरोके राज्यले थेग्न नसक्ने भनाई छ । शिक्षा र स्वास्थ्यमा विभेद गरेकै कारण गरिब र धनी वर्ग उत्पन्न हुने गरेकोले यसलाई भत्काउन सबै एकजुट भई दलाल सत्ताविरुद्ध वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न आन्दोलनमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा प्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, डिके ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंह, सचिव रामबहादुर विक, अभिभावक संघका केशव पुरीलगायतले धारणा राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी