-हिमाल स्याङ्तान ‘दीप’
नजाऊ टाढा मलाई छोडी मेरी आमा
सम्बन्धको नाता सबै तोडी मेरी आमा
ढिँडो र सिस्नु खाई बिताउँला जिन्दगी
नजाऊ न मेरो बाटो मोडी मेरी आमा
हाँसी खुसी दुःखको जीवन कटाउँला सँगै
हौ नि तिमी मेरो बाको जोडी मेरी आमा
हाम्रो यो घर परिवार हँसाउनु छ
बस मेरो दिल तिमी गोडी मेरी आमा ।
कक्षा–दस
श्री राम माध्यमिक विद्यालय,
पाँचखाल–१३ काभ्रे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline