स्थायी गर्न माग गर्दै अस्थायी शिक्षक आमरण अनशनमा

स्थायी गर्न माग गर्दै अस्थायी शिक्षक आमरण अनशनमा

  • आइतवार, असार ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, ४ असार । संयुक्त अस्थायी शिक्षक केन्द्रीय सङ्घर्ष समितिले सामान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग गर्दै विगत तीन दिनदेखि आमरण अनशन थालेको छ ।
देशभरका ३० हजारभन्दा बढी अस्थायी शिक्षकले विभेदकारी विज्ञापन खारेज गरी अहिले कार्यरत आफ्नो कोटामा आफैँले परीक्षा दिन पाउने गरी विज्ञापन खुलाउनुपर्ने माग राख्दै शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।

आमरण अनशन बस्ने अस्थायी शिक्षकमा पर्साका किसुनप्रसाद यादव, गोरखाका जितबहादुर गुरुङ, बझाङकी कमलावती जोशी, पर्साकी सुलेखादेवी कायस्थ र बाजुराकी कलु केसी रहेका छन् ।

जुम्लाबाट काठमाडौँ आई आन्दोलनमा सहभागि हुनुभएकी शान्ति शाही राज्यले अस्थायी शिक्षकलाई विभेद गरेको बताउनुहुन्छ ।

“२०÷२५ वर्षदेखि अस्थायीरुपमा पढाउँदै आएका शिक्षकलाई राज्यले अहिले आएर अयोग्य भन्न मिल्छ र ? अयोग्य भए हामीलाई किन अध्यापन अनुमतिपत्र दियो ?,” जुम्लाको रुपकोट निमाविमा विगत १३ वर्षदेखि अध्यापन गर्दै आउनुभएकी शाहीले भन्नुभयो ।

बाजुराबाट काठमाडौँ आई अनशन थाल्नुभएकी कलु केसीले अस्थायी शिक्षकको मागप्रति राज्य गम्भीर नभएको आरोप लगाउनुभयो । “अस्थायी शिक्षकलाई असक्षम भनेर माला लगाउन खोजिँदैछ, यो सरासर अन्याय हो,” उहाँले भन्नुभयो । उहाँले अहिले जारी गरिएको शिक्षक सेवाको विज्ञापन रद्द गर्नुपर्ने माग गर्नुभयो ।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संयुक्त अस्थायी शिक्षक केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी