झापा ,२ असार ।
नेपाल कम्युनिष्ट पार्टीले झापाको तोपगाछिस्थित कमल गाउँपालीकामा रहेको निर्वाचन अधिकृतको कार्यलय तत्काल हटाएर चुनावी गतिबिध बन्द गर्न चेतावनी दिएको छ ।
प्रहरीको कडा सुरक्षाकाबीच कार्यलय हाताभित्र प्रवेश गरि कम्युनिष्ट पार्टीका नेता बरमान्ड नेतृत्वको टोलीले सो स्थानबाट अधिकृतको कार्यलय हटाउन चेतावनी दिएको हो ।
कमल गाउपालीकाका पर्शुराम तिम्सिनाको घरमा रहेको उक्त कार्यलयमा बिहिवार साझ पुगेका नेकपाका कार्यकर्ताको चेतावनीपछि आयोगले शुक्रवार बिहानबाट कार्यलय हटाउने मौखिक सहमती समेत गरेको स्रोतले बताएको छ । तर आयोगले हाल आफ्नो कार्यलयबाट निर्वाचन तयारीका कामहरुलाई नै जारी राखेको छ ।
एक प्रत्यक्षदशीका अनुसार साझ करिब साढे ६ पछि गएका नेकपाका कार्यकर्ता कार्यलय परिसर बाहिर निकिएका थिए । सो समय अधिकृतको कार्यलयमा नै सुरक्षार्थ रहेका ससस्त्र प्रहरीले कुनै चाल पाएनन् ।
नेकपाका कार्यकर्ता कार्यलय छिरेको र बाहिरिएको पत्तै नपाएका सुरक्षाकर्मीले त्यसलगत्तैउक्त क्षेत्रको सुरक्षाब्यावस्था कडा पारेको छ ।
स्थानीय प्रशासनले राति देखि नै थप सुरक्षाफौज बढाएर गाउँभरी गस्ति सुरु गर्नुका साथै नेकपा कार्यकर्तालाई खोजीरहेको छ । सोहि क्रममा शुक्रवार गाउँभरी नेकपा कार्यकर्ता भएको आशंकामा प्रहरीले खोजतलास गरेको स्थानीय हरि शर्माले बताए ।
उता , निर्वाचन अधिकृतको कार्यलयमा नै नेकपाका कार्यकर्ता छिरेर कार्यलय हटाउन चेतावनी दिएको भन्दै नेकपाएमाले नेकपाका कार्यकर्ता बोकेको गाडिका चालकलाई समेत सोधपुछ गरेको नाम नराख्ने सर्तमा बताए । एमाले केन्द्रीय कार्यलयको निर्देशनमा उक्त गाउपालीकाका एमाले चुनाव प्रचारप्रसार समितिका प्रमुख तथा तोपगाछि ६ का पूर्व गाविस अध्यक्ष पदम पौडेलले सवारी चालकमाथि नेकपा कार्यकर्ता कहाँ छन् भन्दै सोधपुछ गरेको उनको भनाई छ ।तर स्थानीय एक एमाले नेताले निर्वाचन गतिविधि विराेधि काम भएकाले त्यसमाथि सबैकाे चासाे रहने भएपनि त्यस्ता ब्यत्तिहरूलाइ खाेज्ने सुरक्षा निकायकाे भएकाले अाफुहरूमाथि अाराेप मात्र लगाएकाे बताए ।
सयौ नेता कार्यकर्ता गिरफ्तारमा परेपनि नेकपाले चुनाव खारेजी अभियानलाई तिब्र बनाएको छ ।
सुरक्षा निकाय के भन्छ ?
नेकपाका कार्यकर्ता उत्त अधिकृतको कार्यलयमा नआएको तर फोन गरेर कार्यलय हटाउन धम्कि भने दिएको सुरक्षा नकिायले पुष्टि गरेको छ ।
निर्वाचक अधिकृतको कार्यलयमा सुरक्षार्थ हतियार सहित ससस्त्र तैनान रहेको र नेकपाका कार्यकर्ता नआएको उनीहरुको भनाई छ ।
कार्यलय हटाउन धम्कि दिए अगत्तै सुरक्षा ब्यावस्था कडा पारिएको र धम्कि दिने कार्यकर्ताको खोजी तिब्र पारिएको जनाई छ ।
सुरक्षा श्रोत भन्छ , फोनबाट धम्कि आयो , त्यसलगत्तै थप सुरक्षा फौज आएर परिचालित छ । अहिले नेपाल प्रहरीको टोली परिचालित रहेको बताईएको छ ।