काठमाण्डौ, असार २ ।
नेपाल कम्यूनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निजी विद्यालयले बढाएको शुल्क नघटाए भौतिक कारबाही गर्ने चेतावनी दिएको छ ।
आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो ।
संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विगतमा मुख्य वृद्धि नगर्ने भनेर गरिएको सम्झौता कार्यन्वयन नगरिएको भन्दै तत्काल माग सम्बोधन नभए जुनसुकै तवरको आन्दोलन गर्न तयार रहेको बताउनुभयो ।
‘२०७२ साल वैशाख ६ गते सहमति गरिएको थियो, भौतिक पूर्वाधार र शुल्क मापदण्ड तयार पारिएको थियो, त्यो आज हराईएको छ, हाम्रा मागहरू पूरा भएनन् भने भौतिक रुपमा कारबाही गर्न बाध्य हुनेछौं ।’ सिंहको चेतावनी थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline