निर्वाचनको मिति सारिएकामा विरोध प्रदर्शन

निर्वाचनको मिति सारिएकामा विरोध प्रदर्शन

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २ असार । नेकपा (एमाले) निकट अनेरास्ववियुले सरकारले प्रदेश नं– २ को स्थानीय तह निर्वाचन तेस्रोचरणमा सारेकामा आज विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि सङ्गठनमा आवद्ध विद्यार्थीले सरकारको सो निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दैे निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित असार १४ मै निर्वाचन गराउन विद्यार्थीले माग गरेका थिए ।

सङ्गठनका अध्यक्ष नवीना लामाले सरकारको प्रदेश नं– २ मा चुनाव सार्ने निर्णय त्यस क्षेत्रको जनताको हितमा नरहेकाले भोलिदेखि जनजागरण अभियान सुरु गर्ने बताउनुभयो ।

अभियानमा उक्त प्रदेशका सबै जिल्लामा चुनाव केन्द्रित सभा गरी स्थानीय जनतालाई बुझाइने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ