वनस्पति स्रोत व्यवस्थापन गर्न बनेको विधेयकमा कर्णालीवासीका सुझाव समेन्ट जोड

वनस्पति स्रोत व्यवस्थापन गर्न बनेको विधेयकमा कर्णालीवासीका सुझाव समेन्ट जोड

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

जुम्ला, २ असार ।

वनस्पति तथा वनस्पतिजन्य स्रोतको दिगो व्यवस्थापनमा सरोकारवालाहरुले जोड दिएका छन् ।

आज जुम्लामा भएको वनस्पति तथा वनस्पति स्रोत व्यवस्थापन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी सरोकारवालाहरुले नेपालको महत्वपूर्ण प्राकृतिक सम्पदाका रुपमा रहेको वनस्पति स्रोतको अध्ययन, अनुसन्धान, संरक्षण, संवद्र्धन तथा दिगो व्यवस्थापन गर्न बिधेयक प्रभावकारी हुने बताएका हुन् ।

कार्यक्रममा सहजीकरण गर्नुभएका अधिवक्ताद्वय राजुप्रसाद चापागाईं र मदनराज बमले नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम व्यवस्थापिका–संसद्ले विधेयकका रुपमा ल्याएको सो ऐनमा प्राप्त आवश्यक राय, सुझावलाई समेट्न सक्ने बताउनु भयो ।

यस्तै उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले जडीबुटीको खानी कर्णालीको प्राकृतिक स्रोतलाई समुचित प्रयोग गर्न तथा यहाँका नागरिकको स्वामित्व प्रत्याभूति हुनेखालको ऐन बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अन्तक्र्रियाबाट आएका उपयुक्त सुझावलाई ऐनमा समेट्न सकेमात्र कर्णालीवासीको न्याय हुने बताउनुभयो ।

जिल्ला वन कार्यालय जुम्लाका प्रमुख मदनकुमार खड्काले नयाँ संरचना सुहाउँदो वनस्पति ऐन बन्नुपर्ने सुझाव दिदैं ऐनले प्राकृतिक सम्पदाका रुपमा रहेका सबै वनस्पतिको संरक्षण संवद्र्धन र तिनको उपयोगितालाई नागरिक तहमा सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

कर्णालीका जडीबुटी उत्पादक कृषक रामकृष्ण बुढ्थापाले माटो, भूगोल र वातावरण सुहाउँदो वनस्पति ऐन बनाई नागरिकलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ