कम्युनिष्ट पार्टीको बन्दका कारण पूर्वकाे जनजीवन प्रभावित

कम्युनिष्ट पार्टीको बन्दका कारण पूर्वकाे जनजीवन प्रभावित

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमान्डौ असार २ । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको मेची बन्दका कारण त्यहाको जनजीवन प्रभावित बनेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई विभिन्न वहानामा पक्राउ गरेकोले उनीहरुको तत्काल रिहाइको माग गर्दै सो पार्टीले मेची बन्द गरेको हो ।
बन्दका कारण ताप्लेजुङ झापा इलाम पाँचथर लगायातको जिल्लाको जनजीवन विहानै देखि प्रभावित भएको छ ।

बन्दका कारण एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्थाहरु पनि बन्द रहेका छन् ।

पार्टी केन्द्रीय सदस्य तथा मेची ब्युरो ईचार्ज सहितका नेताहरुलाई बिना कारण गत बुधवार झापाको गरामनीबाट प्रहरीले गिरफ्तार गरेपछि त्यसको बिरोधमा मेची ब्युरोले बन्दको आह्वान गरेको हो । पक्राउ पर्नेमा पार्टी केन्द्रीय सदस्य तथा मेची ब्युरो ईचार्ज सुमन लिम्बु , झापा जिल्ला सेक्रेटरी तारा बहादुर थापा र सत्ता प्रमुख दिल्ली मैनाली रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ