काठमाडौ ,असार ३ ।
स्थानीय तह निर्वाचनमा सहभागी नहुने जनाउदै आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टीले आह्वान गरेको चार दिने बन्दका कराण आज चोथो दिन पनि तराईका जिल्लाको जनजीवन प्रभावित बन्यो ।
बन्द सफल बनाउन भन्दै राजपाका कार्यकर्ताले बिहानैदेखि विभिन्न जिल्लाको चोक चोकमा गएर प्रदर्शन गरिरहेका छन् । बन्दको प्रभाव कपिलवस्तु, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लामा बढी परेको छ ।
बन्दका कारण ती जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार पसल तथा शिक्षण संस्था ठप्प रहेका छन् । बारा र रौतहटमा भने बन्दको आंशिक प्रभाव परेको छ ।
सरकारले प्रतिवद्धता गरे अनुसार सहमति नगरेको भन्दै रुष्ट बनेको राजपाले निर्वाचन बाहिस्कार गर्दै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline