टिकट खोसिएपछि माओवादी केन्द्रका उमेदवारले गरे आत्माहत्या

टिकट खोसिएपछि माओवादी केन्द्रका उमेदवारले गरे आत्माहत्या

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

गाईघाट ,१ असार ।

नेकपा माओबादी केन्द्रका पुर्व उमेदवार जातेसिद्रेका ३५ बर्षीय टोपनारायण श्रेष्ठले बिहीबार बिहान आत्महत्या गरेकाछन्। नेकपा माओबादी केन्द्रबाट त्रियुगा नगरपालिका वडानं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर टिकट खोसिएका श्रेष्ठले आत्महत्या गरेका हुन्।

श्रेष्ठ घर नजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा विहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताउनुभयो। श्रेष्ठलाई पार्टीले टिकट दिईसकेपछि वडामा वृहद कार्यक्रम आयोजना गरी उमेदावार सार्वजनिक गरिएको थियो।

उमेदवार भई भोट मागिरहेको अबस्थामा पार्टीले विना जानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उमेदवार बनाएपछि श्रेष्ठ असन्तुष्ट रहेको पारिवारिव स्रोतले जनाएको छ। परिवार र स्थानीयले टिकट खोस्नु नै आत्महत्याको कारण भएको बताएपनि प्रहरीले भने कारण खुलाएको छैन्।

टिकटका बिषयमा नेकपा माओबादी केन्द्रका जिल्ला सहसंयोजक जीवन कार्कीले वडा कमिटीले खुल्ला सदस्यका लागि सिफारिस मात्र गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ुवडा कमिटीले ३÷४ जना साथीहरुको नाम शिफारिस गरेको थियो, त्यसमध्ये जिल्लाको छनौटमा उहाँ पर्नु भएन्।ु स्थानीयले भने जाल्पा चिलाउनेमा माओबादी केन्द्रले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको नाम सार्वजानिक गरी मतदातालाई परिचय गराइएको थियो।

तामाङ समुदायको जनसंख्या निकै रहेको उक्त वडामा माओबादी केन्द्रबाट तामाङ समुदायको उमेदवार नपरेपछि उक्त समुदायबाट निकै दवाव सृजना भएको थियो। एमालेले सोही वडामा वडाध्यक्ष पदमा धौरीका उपेन्द्र तामाङलाई उमेदवार बनाएपछि माओबादी भित्र तामाङ समुदायको निकै ठुलो दवाव रहको माओबादी स्रोतले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ