ताप्लेजुङ, १ असार ।
नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता कार्यकर्ता पक्राउको बिरोध गर्दै शुक्रवार मेची बन्दको घोषणा गरेको छ ।
पार्टी केन्द्रीय सदस्य तथा मेची ब्युरो ईचार्ज सहितका नेताहरुलाई बिना कारण बुधवार झापाको गरामनीबाट प्रहरीले गिरफ्तार गरेपछि त्यसको बिरोधमा मेची ब्युरोले बन्दको आह्वान गरेको हो ।
ताप्लेजुङ जिल्ला संगठन समितिका सेक्रेटरी राजनले बिहिवार बिज्ञप्ती जारी गरेर मेची बन्दको घोषणा गरेको जनाएका छन् ।
प्रहरीले बुधवार खाना खादै गरेको अवस्थामा पार्टी केन्द्रीय सदस्य तथा मेची ब्युरो ईचार्ज सुमन लिम्बु , झापा जिल्ला सेक्रेटरी तारा बहादुर थापा र सता प्रमुख दिल्ली मैनाली बुधवार प्रहरीले गिरफ्तार गरेको थियो ।
पक्राउ परेका सबै नेताहरुलाई तत्काल बिना सर्त रिहा गर्न माग गर्दै विज्ञप्तीमा भनिएको छ , सरकारले बिना कारण नेकपाका कार्यकर्ता पक्राउ गर्ने , झुठा मुद्धा चलाउनेकार्य गरिरहेको छ । पक्राउ परेकालाईतत्काल बिना सर्त रिहाई र यस्ता धरपकटका कार्य तत्काल बन्द नगरे पार्टी कडा सघर्षमा जान बाध्य हुनेछ । त्यसबाट उत्पन्न सबै परिस्थितीको जिम्मा सरकार स्वयमले लिनुपर्नेछ ।
साथै भोलीको बन्द सफल बनाउन सहायोग गर्न सबैलाई अपिल पनि गरिएको छ । बन्दको अबज्ञा गर्नेलाई कडा कार्वाहि गर्ने समेत जनाईएको छ ।