काठमाडौं, असार १ ।
निर्वाचन आयोगले २ नम्बर प्रदेशको निर्वाचन असार १४ गतेबाट पछि सार्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित मन्त्रीहरुसँगको छलफलबाट बाहिरिंदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तेस्रो चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णयप्रति असहमति जनाउनुभएको हो ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलबीच भएको सहमतिअनुसार, दुई नम्बर प्रदेशमा असोज २ गते निर्वाचन गर्ने र बाँकी प्रदेशमा हुने निर्वाचनका लागि भोलीका लागि तय मनोनयन दर्ता प्रक्रिया दुई दिन पछि सार्ने प्रस्ताव गर्नुभएको थियो ।
यादवले सरकारले आयोगसँग परामर्श नगरी २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते सार्ने प्रस्ताव गरेकोमा यसमा आयोगको सहमति नभएको बताउनुभयो । यादवले भन्नुभयो, ‘बाँकी सबै प्रदेशमा असोज १४ गते नै निर्वाचन गर्त हामी तयार छौं ।
असोज २ मा सार्ने निर्णयमा हाम्रो सहमति छैन् ।’ आयोगले प्रदेश नम्बर १, ५ र ७ मा आगामी १४ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया दुई दिन पछि सार्ने सरकारको प्रस्तावमा भने सहमति जनाएको थियो ।